पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा १० घाइते, चारको अवस्था गम्भीर

पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा १० घाइते, चारको अवस्था गम्भीर

नवलपरासी :  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ ।

काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ ।

यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य

यसैबीच, नवलपरासीको एकमात्र पहाडी सडकखण्ड दलदले–बलिङटार सडकखण्डमा यतिबेला यात्रु पूर्णरुपमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

बर्र्साको मौसम सुरु भएलगत्तै पहाडी क्षेत्रमा सडक बिग्रिन पुग्दा पहाडी साविक १७ वटा गाविसमा पुग्ने अधिकांश यात्रु जोखिम मोल्न बाध्य भएका हुन् ।

दलदले–बुलिङ्टार चल्ने सबै सवारी साधनमा यात्रुहरु छतमाथि बसेर यात्रा गर्न बाध्य छन् । विशेषगरी जोखिमपूर्ण पहाडी सडक अझ सवारी साधनको छतको यात्राका कारण यात्रु दोहोरो जोखिम उठाएर यात्रा गर्दै आएका हुन् ।

पहाडी डेढगाउँ, रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङ्टार, अर्खला, जौबारी, भारतीपुर, मिथुकरम, नरम, रुचाङ, रकुवा, धौबादीलगायतका पहाडी गाविसमा जान यात्रु जोखिमको यात्रा गर्दै आएका छन् ।

यात्रुहरु सवारी साधनको छतमाथि बसेर यात्रा गर्न बाध्य भएपछि जोखिमपूर्ण सडकमा थप जोखिम बहन गरी यात्रा गर्न बाध्य भएका हुन् । सो सडकको दूरी करिब ४५ किलोमिटर रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.