एमाले भेलामा राजपाको हस्तक्षेप, झन्डा जलाइयो कुर्सी फोडियो

एमाले भेलामा राजपाको हस्तक्षेप, झन्डा जलाइयो कुर्सी फोडियो

राजविराज : नेकपा (एमाले) प्रति आक्रामक हुँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता, कार्यकर्ताले आइतबार राजविराजमा आयोजित कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेका छन् ।

राजविराजस्थित साह धर्मशालामा भइरहेको एमालेको नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरुले तुल, ब्यानर, झन्डा, कागजपत्रलगायतका निर्वाचन सामाग्री जलाउनुका साथै कुर्सी तोडफोड गरेका छन् ।


कार्यक्रममा एमालेका अधिकांश नेताहरु तथा राजविराज नगरपालिकाका उम्मेदवारहरुले मन्तव्य राखेर अन्यत्रको कार्यक्रममा बाहिरिएका बेला नारा जुलुससहित राजपाका कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।


घटनाको घोर भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ । निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटिका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गर्नुभएको छ । 

एमालेले दोषिहरुमाथि आवश्यक कारवाहीको माग समेत गरेको छ ।घटना लगत्तै पुगेको प्रहरी टोलीले झडप हुन र थप क्षति हुनबाट जोगाएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.