निर्वाचन कसैले रोक्न सक्दैन : ओली

निर्वाचन कसैले रोक्न सक्दैन : ओली

तुलसीपुर : पूर्वप्रधानन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते हुन लागेको दोुस्रो चरणको निर्वाचन कसैले रोक्न नसक्ने बताउनु भएको छ।

‘निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन’, ओलीले दाङको तुलसीपुरमा भन्नुभयो, ‘निर्वाचन सार्ने कुरा सुन्दै छु त्यो कदापी हुन दिन्न ।’

ओलीले असार १४ गते हुने निर्वाचनलाई विभिन्न वाहानामा सार्न खोजेपनि अब त्यो सम्भव नभएको बताउनु भयो । ‘निर्वाचन हुन्छ ढुक्क हुनुहोस्, अध्यक्ष ओलीले भन्नुभयो, ‘निर्वाचनमा शंका उपशंका गर्नु भन्दा जितका लागि चुनावी अभियानमा लाग्नुहोस् ।’

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले स्थानीय प्रशासनलाई निपष्क्ष र स्वतन्त्र निर्वाचन बनाउन आग्रह समेत गर्नुभयो । बुथ कब्जा गर्दा, मतपत्र च्यात्दा चुप लागेर नबस्न कार्यकर्तालाई निर्देशन दिदै ओलीले भन्नुभयो, ‘त्यो अवस्था आए चुप लागेर नबस्नुहोस्।’

एमाले पार्टीले धाँदली गरेर तथा गरिबीलाई जाँडरक्सी खुवाएर नभई जनताले पवित्र मनले दिएको भोटले एमाले विजयी भएको दाबी समेत ओलीको छ।

एमालेको उद्देश्य भनेको राष्ट्र बचाउने भएकाले राष्ट्र विरोधी गतिविधी गर्नेलाई पत्ता साप गर्ने बताउनु भयो । राष्ट्रिय सुरक्षा र सद्भाव एमालेले मात्रै गर्न सक्ने बताउनु भयो । उहाँले नेपाली राष्ट्रियताको रक्षा अरु दलले गर्न नै नसकन्ने भन्दै एमालेले मात्रै गर्ने ठोकुवा गर्नुभयो। उहाँले माओवादी सिद्धान्तबाट विचलन हुदै सत्ता मोहमा फसेको र कांगेसले बीपीको विचारलाई लत्याउँदै माओवादीको सती गइसकेको बताउनु भयो । उहाँले यसको उदाहरण चितवनले दिएको बताउनु भयो।

नेकपा एमाले दाङले आइतवार तुलसीपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो भएको र दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै अघि हुने दाबी ओलीको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.