खोटाङमा कांग्रेस एमालेको विवाद साम्य

खोटाङमा कांग्रेस एमालेको विवाद साम्य

खोटाङ : खोटाङमा झण्डाका विषयमा चर्किएको कांग्रेस र एमालेबीचको विवाद साम्य भएको छ । जेठ २४ गते हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवाका स्थानीयको घरमा एमालेले राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेको र जेठ २५ गते दिप्रुङ गाउँपालिका-३ छोरम्बुमा राखिएको कांग्रेसको झण्डा एमालेले झिकेर आफ्नो झण्डा राखेको निहुँमा झडप भएको थियो ।

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सर्वदलीय निर्वाचन सञ्चालन सहयोग समितिमा भएको छलफलमा कांग्रेस र एमालेका नेताबीचमा दुबै घटनाका घाइतेलाई उपचार गर्नेक्रममा लागेको खर्च बेहोर्ने, भौतिक क्षतिको क्षतिपुर्ती लेनदेन गर्ने लगायतका बुँदामा सहमती भएको हो ।

प्रशासनका अनुसार दुइदलबीचमा आगामी दिनमा आफ्ना कार्याकर्तालाई संयमता अपनाउन निर्देशन दिने, कुनैपनि किसिमका राजनैतिक विवाद आए वडा तहमै हल गर्ने, वडा तहमा हल नभए जिल्लास्तरका नेताको समन्वयमा समाधान गर्ने सहमति भएको छ । दल, सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयबीचको समन्वयबाट स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो ।

झण्डा झिकेको निहुमा भएको विवादका क्रममा छोरम्बुमा कांग्रेस कार्याकर्ताबाट एमालेका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते हुनुभएको थियो । यस्तै, डिकुवामा एमाले कार्याकर्ताको कुटपिटबाट कांग्रेस कार्यकर्ता अर्जुन राउत घाइते हुनुभएको थियो । एमालेका जिल्ला सचिवालय सदस्य जलसेर राईले उपचारकाक्रममा रहेका घाइते र कुट्ने पक्ष एक ठाउँमा भेला राखेर मात्र सहमतिलाई औपचारिकता दिने निर्णय भएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.