उम्मेदवारकै नाम मतदाता नामावलीमा नभेटिएपछि...

उम्मेदवारकै नाम मतदाता नामावलीमा नभेटिएपछि...

दमक: कबिराज राईले स्थानीय तहको निर्वाचनमा ज्येष्ठ २० गते झापाको शिबसताक्षी नगरपालिकाको वडा नम्बर ११ बाट मजदुरहरुको साझा उम्मेद्धारको रुपमा स्वतन्त्र प्यानल बाट वडा अध्यक्षको रुपमा उम्मेद्धारी घोषणा गर्नुभयो ।

जेठ २१ गते बाट चुनावी अभियानमा पनि होमिनु भयो तर आफ्नो मतदाता नामवलीमा नाम नभेटेपछि मताधिकारका साथै उम्मेद्धारीबाट बञ्चित हुनु भएको छ । निर्वाचन आयोगको लापरबाहीका कारण राई उम्मेद्धार हुनबाट बञ्चित हुनु भएको हो । राई आफैले निर्वाचन आयोगको कार्यलय भद्रपुरमा गएर फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनु भएको थियो ।

तर, निर्वाचन आयोगको लापरबाहीले उहाँको नाम छुटेपछि अहिले आफ्नो चुनावी अभियान समेत रोकेर न्यायको खोजीमा लाग्नु भएको छ । राईसंग २०७३ साल मंसिर ७ गतेको मितिमा दर्ता गराएको मतदाता नम्बर १९५०५३३५ को अर्धकटि रसिद पनि साथै रहेको छ । उम्मेद्धार राईले निर्वाचन आयोगको यसप्रकारको लापारबाही प्रति आक्रोश पोख्नुभयो ।

उहाले भन्नुभयो– ‘निर्वाचन आयोगको कार्यालय धाईरहेको छु,मेरो बिषयमा सबै कुरा भेरीफाई समेत भईसक्यो तर अब मतदाता नामावलीमै नाम नभेटिएपछि आयोगले केहि गर्न नसक्ने ग्रैह जिम्मेवारीपूर्ण अभिब्यक्ति दिन्छ । मैले जसरी हुन्छ मतको अधिकार प्रयोग गर्न पाउनुपर्छ ।’ आफुले निर्वाचनकै लागि भनेर प्रचार प्रसार गरिसकेको र अब उम्मेद्धारकै नाम आयोगको लापारबाहीले मतदाता नामावलीमा नभेट्दा ईज्जतमा धक्का लागेको उहाँले बताउनुभयो ।

यस बिषयमा निर्वाचन आयोगका अधिकृत गोपाल आचार्यसँगसंग बुझ्दा उहाँले गल्ति भएको स्वीकार गर्नुभयो । नामावलीमा नाम नआउनुमा दुईतिरबाट नामदर्ता गरेको हुनुपर्ने वा नाम सारेको हुन सक्ने उहाँले बताउनुभयो । उहाँले राईको बिषयमा दुबै नभएको देखिएको समेत बताउनुभयो । आर्चायले भन्नुभयो–‘उहाँको बिषयमा हामीले यहाबाट गर्ने भेरीफाई सबै गरिसक्यौ । तर पनि छुटेकै दखियो । यसका लागि हामीले केही गर्न सक्ने अवस्था छैन ।’ आचार्यका अनुसार झापामा मात्रै यस्ता एक दर्जन नाम रहेको जानकारी दिनुभयो ।

झापामा मात्र नभएर अन्य जिल्लामा समेत यस्ता गुनासोहरु आईरहेको उहाको भनाई छ । केन्द्रमा समेत यसका बिषयमा कुराकानी गरेको बताउदै उहाँले अब यसको कुनै उपचार नरहेको बताउनुभयो । प्राविधिक कारण त्रुटि भएको बताउदै उहाँले यस बिषयमा दुखी रहेको प्रतिक्रिया दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.