विप्लवको बन्दले जनजीवन प्रभावित

दाङ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजका लागि आह्वान गरेको राप्ती बन्दले दाङ जिल्ला ठप्प भएको छ। बन्दका कारण यातायात पसल तथा कलकारखानाहरु सञ्चालन हुन सकेका छैनन् भने विद्यालय पनि चल्ने अवस्था देखिएको छैन् ।
बन्दकर्ताहरू भने कतै सडकमा देखिएका छैनन् । दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीवन प्रभावित भएको छ । रोल्पा, रुकुम, दाङ लगायत विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै नेकपाले मंगलबार राप्ती बन्द गरेको हो।
प्रतिक्रिया दिनुहोस !
