यो हो प्रतिघण्टा १६ सय किमी दौडिने कार
एजेन्सी: विश्व बजारमा कार ग्ल्यामरस वस्तु भएकाले यसको उत्पादन दिनानुदिन बढ्दै गएको छ। विभिन्न चर्चित कम्पनीले धेरै सुविधा सहितको कार उपभोक्तासामु ल्याइरहेका छन्। यही दौरानमा ब्लडहाउस सुपरसोनिक कार अत्याधुनिक तरिकाले विश्व बजारमा अक्टोबर २६ मा आउने भएको छ। यसको सुरुवाती परीक्षण कार्नवालमा न्यूके एयरपोर्टको रनवेमा गरिने भएको छ। यो कारले प्रतिघण्टा १६ सय किमी दौडिने कम्पनीले जनाएको छ।
रकेटको गतिमा कारको रफ्तार
आगामी वर्ष दक्षिण अफ्रिकामा तीब्र गतिमा गुड्ने कारको रेकर्ड बनाउन एन्जिनियरले यो कारलाई परीक्षण गर्न लागिएको हो। अहिले विश्वमा सबैभन्दा तीब्र गतिमा १२ सय २८ किलोमिटर प्रतिघण्टा रहेको छ। तर यो यसले ब्लडहाउडको दोस्रो चरणमा १६ सय ९ किलोमिटर प्रतिघण्टा दौडिने दाबी गरिएको छ।
पूर्व वायुसेनाको अड्डाको रनवेको लम्बाइ भने २ हजार ७ सय ४४ मीटर रहेको छ जसले यो कारलाई ट्रायल रेकर्डको लागि मात्रै ठाउँ पर्याप्त नहुने बताइएको छ ।
कारका ड्राइभर एन्डी ग्रनीका अनुसार यो कार ३ सय २२ प्रतिघण्टाको गतिले चलाउने बताइएको छ। जसमा कारको युरो फाइटर टाइफून जेट इन्जिन प्रयोग गरिएको छ।
यस्तै यो कारको चीफ इन्जिनियर मार्क श्याप म्यानले भनेका छन्, 'हामी कम्प्युटर डिजाइनबाट कारलाई रनवेमा उतार्ने छौ। मानिसको लागि यो एक ठूलो उपल्बधी हुनेछ।' उनका अनुसार यो परीक्षणबाट अन्तिम प्रस्तिस्पर्धाका लागि पैसा समेत जम्मा गर्ने भएको छ।
उक्त परीक्षणमा मिडिया, भीआइपी, प्रायोजक तथा ब्लडहाउड 1का क्लबका सदस्यहरुलाई मात्र प्रवेश अनुमति पाउने छन्। यसपछि सर्वसाधारणका लागि समेत प्रदर्शन गरिनेछ।