अहिलेका नेता खुद्रे राजा हुन् : हृदयश त्रिपाठी

अहिलेका नेता खुद्रे राजा हुन् : हृदयश त्रिपाठी

नवलपरासी : आन्दोलनको नेतृत्व लिन राष्ट्रिय जनता पार्टी (राजपा) का वरिष्ठ नेता ह्दयश त्रिपाठी शुक्रबार परासी पुग्नु भएको छ ।

सदरमुकाम परासीमा पुग्नु भएका नेता त्रिपाठीले चार दिने मधेस बन्दको समापन सभालाई सम्बोधन गर्दै सरकारले राजपाको सहमति बिना चुनावको मिति सारेको भन्दै त्यसले आफूहरुको आन्दोलनलाई कुनै फरक नपार्ने बताउनुभयो ।

चुनाव सार्दैमा २ नम्बर प्रदेशको आन्दोलन नरोकिने भन्दै १४ गतेसम्म सबै तराई मधेसमा एउटै आन्दोलन सुरु हुने त्रिपाठीले बताउनुभयो । तीन दलतर्फ लक्षित गर्दै नेता त्रिपाठीले भन्नुभयो, ‘जर्वजस्ती चुनाव गराउन खोज्दा होलसेलका राजा त फालिए भने यिनिहरु त खुद्रा राजा हुन, त्यसैले आन्दोलनलाई दबाउन खोजे मधेसी जनताले उम्मेदवारी दर्ता र मतदानका दिन भजन गाएर बस्दैन ।’

अहिलेको चुनाव उम्मेदवारी दर्ता र मतदान कार्य रोक्ने मात्र नभई मधेसी जनताका लागि जनमत संग्रह भएकोले निर्णायक आन्दोलनमा उत्रिन त्रिपाठीले कार्यकर्तालाई आव्हान गर्नुभयो । ‘यो आन्दोलन संविधान कार्यान्वयन गर्न खोज्ने र नमान्नेका बीचको हो । त्यसैले मधेसी जनता अन्तिम साससम्म लडिरहनु पर्छ ।’

प्रदेश नम्बर २ मा चुनावको मिति सारेर लिम्बुवान, थरुहट र तराई मधेसमा फुट ल्याउन खोजेको उहाँको भनाइ छ । त्रिपाठीले संविधान संशोधनको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.