रुकुममा कांग्रेस र एमाले कार्यकर्तामाथि माओवादीको आक्रमण

रुकुम : रुकुमको सिस्नेगाउँपालिका ६ रुकुमकोटमा माओवादी कार्यकर्ताले कांग्रेस र माओवादी कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
माओवादी कार्यकर्ताको आक्रमणबाट एमालेका दुई महिला कार्यकर्ता घाइते भएका छन् । आक्रमणपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा दुई म्यादी प्रहरीसमेत घाइते भएका छन् । सबै घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।
स्थिति नियन्त्रणमा लिने प्रयासका क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
