विराटनगरमा ओली र गच्छादार वीच गठबन्धन

विराटनगरमा ओली र गच्छादार वीच गठबन्धन

विराटनगर : नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ।
नेकपा(एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा सो पार्टीलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिनुभएको छ।
यसबाहेक, वडामा दुबैबीच कुनै सहमति नभएको बताइएको छ । लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने बताइएको छ।
यसैगरी नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तर संवाद कार्यक्रममा आज पराजुलीले १– नं प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चारक्षेत्रको विकासमा आपूmले सहयोग गर्ने बताउनुभयो ।
उहाँले विराटनगर औद्योगिक नगर भएकोले उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
उपप्रमुखकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.