अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादीबीच तालमेल

सन्धिखर्क : दोस्रो चरणमा स्थानीय तहको निर्बाचनका लागि अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादीबीच तालमेल हुने भएको छ । सन्धिखर्क र शितगंगा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख नेकपा माओवादीलाई दिने सहमति भएको छ । भुमिकास्थान नगरपालिका र मालारानी गाँउपालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसलाई सघाउने सहमति भए अनुसार उम्मेद्धारी दर्ता हुन थालेको छ ।
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसबाट मेयरमा कमलप्रसाद भुसाल र उपमेयरमा माओवादीवाट ठाकुर विकलाई उम्मेद्धार बनाउने निर्णय भएको छ ।
एमालेले मेयरमा कृष्ण प्रसाद श्रेष्ठ र उपमेयरमा इश्वरा पोख्रेललाई उम्मेद्धार बनाएको छ । नँया शक्तिले मेयरमा यमुना भुसाल र उप मेयरमा टोप बहादुर बलाल, राष्ट्रिय जनमोर्चाले मेयरमा कल्पना पोख्रेल र उपमेयरमा पशुपति ढकाललाइ उम्मेद्धार बनाएको छ । सितगंगा नगरपालिकामा कांग्रेसबाट मेयरमा सुर्य अधिकारी, उपमेयरमा माओवादी केन्द्रबाट टिका रेस्मीलाई उठाउने सहमति भएको छ । एमालेबाट मेयरमा बसन्त श्रेष्ठ र उपमेयरमा गिता भाटले उम्मेद्धारी दर्ता गर्दै हुनुहुन्छ ।
भूमिकास्थान नगरपालिकामा मेयरमा माओवादीबाट रेशम थापा र उपमेयरमा कांग्रेसबाट खडानन्द बेल्वासेले उम्मेद्धारी दर्ता गर्दै हुनुहुन्छ । एमालेबाट मेयरमा पीताम्बर भुसाल, र उपमेयरमा सुनिता बेल्बासे उठ्ने एमालेले निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाबाट मेयरमा कविराम खनाल र उपमेयरमा शकुन्तला थापा उम्मेद्धार बनेका छन । नँया शक्तिबाट प्रेम बन्जाडे मेयरको उम्मेद्धार बनेका छन ।
मालारानी गाँउपालिकामा प्रमुखमा माओवादीवाट पदम क्षेत्री र उपप्रमुखमा एमालेवाट शान्ता खनालले उम्मेद्धारी दर्ता गर्दै हुनुहुन्छ । एमालेवाट प्रमुख बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री, उम्मेद्धार बन्ने निर्णय भएको छ । पणिनि गाँउपालिकामा कांग्रेसबाट अच्युत गौतम र उप प्रमुखमा अमिवका पोख्रेल, एमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतम उठ्ने निर्णय भएको छ । माओवादीवाट प्रमुख जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरे उठ्ने निर्णय भएको छ ।
छत्रदेव गाँउपालिकामा कांग्रेसबाट प्रमुखमा लेखनाथ पोख्रेल, उपप्रमुखमा तुलसादेवी श्रेष्ठ, एमालेबाट प्रमुखमा रिषि अधिकारी र उपप्रमुख मनिषा पन्थी, माओवादीबाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा सारदा रायमाभी उठ्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस !
