प्रभु साहकाे पहिलो निर्णय : प्रदेशस्तरिय सरकारी सम्पतिको पहिचान कार्यदल गठन

काठमाडौ :सात प्रदेशमा सहरी विकास मन्त्रालय अन्तर्गत रहेका सम्पतिको पहिचान गरी प्रतिवेदन पेश गर्न सहरी विकास मन्त्री प्रभु साहले कार्यदल गठन गर्नु भएको छ ।
सहरी विकास मन्त्रालयका सहसचिव रमेशप्रसाद सिंहको संयोजकत्वमा गठित प्रदेशस्तरिय सरकारी सम्पतिको पहिचान कार्यदलमा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधिसहित सात सदस्य रहनेछन् ।
कार्यदललाई दुई महिना भित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
सहरी विकास मन्त्रालयमा पदबहाली गर्ने क्रममा मन्त्री साहले कर्मचारीहरुलाई आफूले कामको आधारमा मूल्याङकन गर्ने जानकारी गराउनु भएको थियो । मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मासहितका कर्मचारीहरुलाई कार्यविवरणमा प्रगति देखाउन पनि मन्त्री साहले निर्देशन दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
