रोल्पाको थवाङमा देउवा र विप्लवको चुनावी तालमेल !

रोल्पाको थवाङमा देउवा र विप्लवको चुनावी तालमेल !

लिबाङ (रोल्पा) : नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
थबाङलाई विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको प्रभावकारण सुरक्षा संवेदनशिल मानिएको छ । उच्च सुरक्षा संवेदनशिल ठाउँमै उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको हो । स्थानीय तहको निर्वाचन ‘खारेजी’ को नीति लिएको नेकपाका कारण थबाङमा मनोनयन दर्ता कस्तो हुन्छ भन्ने सबैमा चासो हुँदै गर्दा शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थबाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले उम्मेदवारी दर्ता गराएका छन ।


नेकपा निकट जन स्वंसेवक दलका जिम्मेवार अगुवा अमित घर्तीले गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उपाध्यक्षमा भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका छैनन् । नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका लागि श्रीकुमारी रोकामगरले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतले जनाए । कांग्रेसबाट अध्यक्ष पदमा कोही उम्मेदवार वनेन् । स्वतन्त्रमा उपाध्यक्ष नउठाईनु र कांग्रेसबाट अध्यक्ष उम्मेदवार नवनाईनु संयोग होईन । स्रोतका अनुसार स्वतन्त्रका अध्यक्ष र कांग्रेसबीच अघोषित सहमति भएको छ । गोप्य योजना अनुसार नै स्वतन्त्रबाट उपाध्यक्ष र कांग्रसबाट अध्यक्ष उम्मेदवार नवनाईएको हो ।


नेकपा एमालेबाट अध्यक्षमा हितबहादुर रोकामगर र उपाध्यक्षमा जान रोकामगरले उम्मेदवारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रबाट बीरबहादुर घर्ती अध्यक्ष र रामकिरणी रोका उपाध्यक्ष पदको उम्मेदवार वन्नु भएको छ । स्वतन्त्रबाटै भक्तबहादु घर्ती पनि अध्यक्षको उम्मेदवारी दिनु भएको छ । एमाले र माओवादी केन्द्रले गाउँपालिका देखि वडा सबै पदमा उम्मेदवार खडा गरेका छन ।


पाँच वटा वडा रहेको थबाङ गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुमा भने स्वतन्त्र र कांग्रेसबाट अलगअलग उम्मेदवार दर्ता गरिएको छ । स्वतन्त्रबाट अध्यक्षका रुपमा वडा नं. १ मा फर्कबहादुर बुढा, वडा नं. २ मा लिलाराम रोका, वडा नं. ४ बाट हिकमत घर्ती र वडा नं. ५ बाट डुकमन रोका उम्मेदवार वन्नु भएको छ ।


नेकपाको नेतृत्वले उम्मेदवार नहुन पटकपटक आग्रह गरेपनि नेकपाका आस्थावान थबाङी मतदाताको भावनाको कदर गर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवार वनेको दावी गरिएको छ । स्थानीय तहको निर्वाचन भएकाले उपयोग गर्न मतदाता ईच्छुक रहेको उनीहरुले जिकिर गरेका छन । नेकपाले पार्टी योजना र निर्देशनमा स्वतन्त्र उम्मेदवार नवनेको जनाएको छ । ‘पार्टीको नीति चुनाव खारेजी नै हो । चुनाव उपयोग गर्ने भन्ने नै होईन । स्वतन्त्रबाट उम्मेदवार पार्टीको योजनामा होईन ।’, नेकपाका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ भन्नुुहुन्छ, ‘पार्टीको नीति विपरित जानेलाई कारवाही हुनसक्छ ।’ नेकपाका नेता एवं थबाङका रैथाने जयप्रकाश रोका ‘प्रताप’ ले स्वतन्त्र उम्मेदवारीमा पार्टी संलग्न नरहेको दावी गर्नुहुन्छ ।


खारेजी भनेपनि नेकपाका स्थानीय नेता, कार्यकर्ता र आस्थावानले थबाङमा ‘स्थानीय चुनाव उपयोग’ गर्ने रणनीति अपनाएको स्पष्ट भएको छ । स्वतन्त्र उम्मेदवारले पनि व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर उम्मेदवारी दिएको वताएका छन । नेकपाका आस्थावान थबाङीको भावनामा चोट नपुग्ने गरी नेकपाको नेतृत्व मौन वस्यो भने यहाँ चुनाव शान्तिपुर्ण आंकलन गरिएको छ । संविधान सभाको दोस्रोे चुनावमा थबाङ गाविसमा शून्य मतदान भएको थियो । थबाङ गाउँपालिकामा साविकका छिमेकी गाविस मिरुल र उवा गाभिएका छन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.