योगबाट शक्ति आर्जन

योगबाट शक्ति आर्जन

काठमाडौं : बलिउड अभिनेत्री मनीषा कोइराला योगगुरु त होइनन् तर योगका बारेमा प्रवचन दिन सक्छिन् । काठमाडौंको लाजिम्पाटस्थित होटेल सांग्रिलामा बुधबार आयोजित कार्यक्रममा उनले यो कुरा पुष्टि गरेकी हुन् । यसलाई उनी योगप्रति आफ्नो लगाव, अभ्यास र अनुभवको उपलब्धि मान्छिन् । ‘स्वास्थ्य राम्रो भएन भने मानिसको भौतिक शरीरको कुनै अर्थ हुँदैन । त्यसैले स्वस्थ शरीरको महत्वव बुझ्न जरुरी छ', मनीषाले भनिन्, ‘स्वस्थ जीवनका लागि योगमा यति धेरै कुरा हुन्छ, मैले त्यसलाई भर्खर छुँदैछु । तापनि योगबाट धेरै कुरा पाएकी छु ।'

तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावास र इन्डियन वुमन्स एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री कोइरालाले जीवनमा स्वास्थ्यको महत्वव र योगको फाइदाका बारेमा आफ्नो अनुभव सुनाएकी थिइन् । क्यान्सरको सामना गरेपछि स्वस्थ जीवनको महत्ववका बारेमा आफूले बुझ्ने मौका पाएको उनको भनाइ थियो ।

‘सुरुमा म स्वास्थ्यप्रति बेप्रवाह थिएँ । जब क्यान्सरको सामना गर्नुपर्‍यो, त्यसपछि मात्रै स्वस्थ जीवनको महत्वव थाहा पाएँ', उनले भनिन्, ‘योग स्वस्थ जीवनको एउटा आधार हो । अहिले योगले मलाई सही ढंगबाट जीवन अगाडि बढाउन मद्दत गरेको छ ।'

मेडिकल ट्रिटमेन्टबाट क्यान्सरको उपचार भए पनि त्यसपछि शरीरका लागि आवश्यक शक्ति आर्जन योगबाट सम्भव भयो । योग स्वस्थ जीवनको एउटा आधार हो । अहिले योगले मलाई सही ढंगबाट जीवन अगाडि बढाउन मद्दत गरेको छ ।

योगसम्बन्धी प्रवचनको सुरुमै मनीषाले आफू योगको विशेषज्ञ नभई अभ्यास गर्ने व्यक्तिमात्रै भएको स्पष्ट पारेकी थिइन् । प्रवचनपछि कार्यक्रमका सहभागीसँग उनले अन्तरसंवाद पनि गरेकी थिइन् । सहभागीको जिज्ञासामा उनले आफूलाई क्यान्सर भएको थाहा पाउँदाको अनुभूति पनि साटिन् । ‘डक्टर निकै सिरियस र नर्भस देखिएका थिए । मेरो परिवारका सबै सदस्यलाई बोलाएरमात्रै डक्टरले रिपोर्ट खुलासा गरे', मनीषाले स्मरण गरिन्, ‘जस्तो रिपोर्ट आयो, डटेर त्यसको सामना गर्नुबाहेक अन्य कुनै बाटो थिएन ।'

क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्केकी मनीषाले योगबाट आफूले शक्ति आर्जन गरेको अनुभव सुनाइन् । ‘मेडिकल ट्रिटमेन्टबाट क्यान्सरको उपचार भए पनि त्यसपछि शरीरका लागि आवश्यक शक्ति आर्जन योगबाट सम्भव भयो', उनले भनिन्, ‘जीवनको अन्त्य अवश्यम्भावी छ । त्यसैले जीवन छँदै यसको रमाइलो लिन सक्नुपर्छ । जीवनमा धेरै चुनौती हुन्छन्, तिनको सामना गर्न र सन्तुलन मिलाउन सक्नुपर्छ ।' सो अवसरमा मनीषाले प्राणायाम अभ्यास पनि गराएकी थिइन् ।

योग हिमालयसँग सम्बन्धित भएकाले नेपाल यसका लागि उपयुक्त स्थान भएको तर चेतना र योगको महत्ववका बारेमा बुझ्न जरुरी रहेको उनको भनाइ थियो । अन्तरसंवादमा मनीषाले नेपाललाई योगका लागि उपयुक्त र विशेष मुलुकका रूपमा चिनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जनाएकी थिइन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले मनीषाको प्रशंसा गर्दै शरीर, दिमाग र आत्माका बारेमा गरेको विश्लेषण सटिक भएको तर्क गरे । क्यान्सरलाई जितेर पुनः चलचित्र क्षेत्रमा फर्केकोमा प्रसन्नता व्यक्त गर्दै राजदूत पुरीले प्रदर्शनको तयारीमा रहेको मनीषा अभिनीत पछिल्लो चलचित्र ‘डियर माया'को सफलताका लागि शुभकामना पनि दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.