बलत्कारीलाई मृत्युदण्डको माग

बलत्कारीलाई मृत्युदण्डको माग

बर्दिबास: आफ्ना व्यवसायी साथीको सामुहीक बलत्कारमा संलग्नहरुलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग सौन्दर्यकर्मीहरुले गरेका छन् । सौन्दर्य व्यवसायी(व्यूटिसियन)हरुले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै विहीबार बर्दिबासमा विरोध कार्यक्रम आयोजना गरेका हुन् । राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालमा आवद्ध धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहा गरी पाँच जिल्लाका सौन्दर्यकर्मीहरु आन्दोलनमा छन् ।

महोत्तरीको औरही गाउँपालिका—२ फूलबारीयाकी एक २० बर्षीया सौन्दर्यकर्मी(ब्युटिसियन) लाई जेष्ठ २८ गते आइतबार साँझ ब्युटीपार्लरबाट फर्किदै गर्दा युवाहरुको समुहले सामुहीक बलत्कार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले औरही गाउँपालिका २ का २६ वर्षीय सुनिल साहमाथि जबर्जस्तीकरणीको मुद्दा दर्ता गरेर कारवाही सुरु गरेको छ भने अन्य तीन युवा फरार युवाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले बताउनुभएको छ । पीडितले जेठ २९ गते दिएको जाहेरीको आधार आरोपितविरुद्ध प्रहरीले बलात्कारको मुद्दा दर्ता गरिएको थियो। 

दण्डहीनताका कारण समाजमा अपराध बढिरहेको अन्तरपाटी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बताउनुभयो । उहाँले बलत्कारजस्तो जघन्य अपराधमा संलग्नलाई फाँसी नदिएसम्म यस्ता घटनामा कमी नहुने दावी गर्नुभयो । ले नेपाली समाज पीडित भयो, ’ उहाँले भन्नुभयो,‘बालात्कारी गर्ने दोषीलाई फाँसी दिइयोस् ।’

बर्दिबासमा नागरिक समाजका अगुवा कुर्महरी सुवेदीले सरकारसंग नारी अस्मितालाई सुरक्षा गर्नु माग गर्नु भयो । राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपाल, धनुषाकी सल्लाहकार नम्रता राईले महिला हिंसा न्यूनिकरणका लागि राज्य कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.