चारदिन मदिरा विक्री वितरणमा रोक
नेपालगन्जं : आगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चराणको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न स्थानीय प्रशासनले मदिराको विक्री वितरणमा रोक लगाएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले १० गते बेलुका ५ बजेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म मदिराको विक्री वितरणमा रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्वारा जारी सूचनामा मदिरा विक्री वितरणमा रोक लगाइएको जानकारी गराइएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले रोक लगाएको अवधिमा कसैले मदिरा विक्री वितरण गरेको पाइएमा कडा कारवाही गर्ने बताउनु भयो। स्थानीय प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मदिराको विक्री वितरणमा रोक लगाएको प्रजिअ पन्थले बताउनु भयो।
स्थानीय प्रशासनले आषाढ १२ गते विहान ७ बजे देखि मतदान नसकिउनजेल सम्मको लागि नेपाल-भारतको सीमा नाका समेत बन्द गर्ने जनाएको छ।