मुग्लीन कालिखोला दुर्घटना स्थलमा जे देखियो (फोटो फिचर)

 मुग्लीन कालिखोला दुर्घटना स्थलमा जे देखियो (फोटो फिचर)

चितवन: कालीखोलाको पहिरो पन्छ्याउन गएका दुई प्रहरीको शव भीरबाट निकालिएको छ। उद्धारमा खट्टिएका टोलीले मृतक दुई प्रहरीको शव सडकबाट ३० मीटर तल अड्किएको अवस्थाबाट निकालिएको हो। 


प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाका अनुसार दुई प्रहरी अझै नदिमा वेपत्ता छन् उनीहरुको खोजी भइरहेको छ। पहिरोले अवरुद्ध सडक खुलाउन अझै दुई-तीन घण्टा भन्दाबढी समय लाग्ने एसपी दीपक थापाले जानकारी दिनुभयो। उहाँले भन्‍नुभयो 'मृतक प्रहरीको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ।बेपत्ताहरुको खोजी कार्य भइरहेको छ।'

उहाँका अनुसार मृतक प्रहरीको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको छ भने बेपत्ताहरुको खोजी कार्य भइरहेको छ। नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा शुक्रबार बिहान एक बजे खसेको पहिरो पन्छाउन जाँदा पहिरोले बगाएर दुई जना प्रहरीको मृत्यु भएको थियो। यअघि पनि रौतहट गौरबाट काठमाडौ आउने जाने बस दुर्घटनामा परेको थियो।

इच्छाकामना गाउँपालिका ६ कालीखोलाको पहिरो पन्छ्याउन गएको प्रहरी सहायक निरीक्षक(असई) निश्चल तामाङ नेतृत्वको टोली चढेको ना १३ झ १३९० नम्बरको प्रहरी भ्यानलाई पहिरोले बगाएको थियो।


घटनास्थल वरपर अहिलेपनि बेला-बेलामा ढुंगा खसिरहेका छन्। जसका यात्रुबाहक बस गन्त्व्‍यमा जान सकेका छैनन भने यात्रुहरु अलपत्र परेका छन्। उनीहरु पहिरो खस्ने त्रासमा हिडेरै मुग्लीन जाने बताएका छन्। मुग्लीनबाट घटनास्थलबाट २ किलोमिटरको दूरीमा छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.