चन्दा नदिदा कार्यालय प्रमुख सिन्हा कुटिए

वीरगन्ज: इद पर्ब मनाउनका लागि चन्दा नदिएको निहुँमा जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र कुमार सिन्हा कुटिएका छन् ।
वीरगन्ज श्रीपुरका तीन जना युवाले कार्यालय प्रमुख सिन्हालाइ चन्दा नदिएको भन्दै कुटपिट गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालय पर्साको लेखा शाखामा शुक्रबार बिहान ११ बजे तिर बसिरहेका बेला कार्यालय प्रमुख सिन्हालाइ उनीहरुले दुव्र्यवहार गर्दै कुटपीट गरेको बताइएको छ । ‘इद पर्ब मनाउनु छ, चन्दा दिनुप¥यो भन्दै कार्यालय आएका थिए । मैले दिएन । त्यसपछि तीन जना यूवाहरुले मलाई गालीगलौज गर्दै हातपात गरे प्रमुख सिन्हाले बताउनु भयो ।’
सिन्हाका अनुसार कुटपीट गर्ने युवाहरुले कास्मिया जामे मस्जिदको लेटर प्याड प्रयोग गरेर ५० हजार रुपैया चन्दा मागेका थिए । चन्दाका लागि उनीहरुले बिहिबार कार्यालयमा पत्र दिएपछि सिन्हाले उनिहरुलाइ शुक्रबार बोलाउनु भएको थियो ।
शुक्रबार बिहान ७ बजे जिल्ला कृषि विकास कार्यालयमा चन्दा माग्न पुगेका ६/७ जना युवाहरुलाइ आर्थिक सहयोगका लागि कार्यालयमा छुट्टै बजेट नभएकाले चन्दा दिन नसकिने जवाफ दिएपछि उनिहरु आफुमाथि दुव्र्यबहार गरेको बताउनुभयो ।
त्यसको ४ घण्टा पछि फेरि बिहान ११ बजे तिर कृषि विकास कार्यालयमा पुगेका तीन जना युवाले लेखा शाखामा बसिरहेका बेला कार्यालय प्रमुख सिन्हालाइ गाली गलौज गर्दै घिसारेर कुटपिट गरेको कार्यालयका कर्मचारीहरुले बताएका छन् । कुटपिट गरे पछि युवाहरु मोटरसाइकलमा चढेर भागेको कार्यालय प्रमुख सिन्हाले बताउनु भयो ।
यसैबीच श्रीपुरको कासीमीया जामे मस्जिदका अगुवाहरुले उक्त घटनापछि दिउसो कृषि विकास कार्यालयका प्रमुख सिन्हालाइ भेटेर माफी मागेका थिए । ‘मस्जिदका अगुवाहरु सामुहिक रुपमा आएर माफी माग्नु भयो, केटाहरुले गल्ती गरे अब यस्तो हुन दिन्नौ भनेर प्रथिबद्धता पनि जनाउनु भयो,’ कार्यालय प्रमुख सिन्हाले भन्नु भयो ,‘अभिभावकहरु नै आएर माफी मागे पछि प्रहरीमा जोहरी दिइन ।’
प्रतिक्रिया दिनुहोस !
