प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने तीन पक्राउ

 प्रधानाध्यापकलाई दुर्व्यवहार गर्ने तीन पक्राउ

राजविराज: प्रधानाध्यापकलाई मोसो दल्ने र जुत्ताको माला लगाउन खोज्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मावि सोनराका प्रअ प्रदिपकुमार चौधरीलाई दुब्र्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका हरीनारायण यादव, राखी यादव र निशा यादवलाई पक्राउ गरी शुक्रबार केही सार्वजनिक मुद्दा दर्ता गरेको प्रहरी नायव उपरिक्षक यादवराज उप्रेतीले बताउनुभयो।

प्रनाउ उप्रेतीका अनुसार प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रअ चौधरीमाथि दुव्र्यवहार गर्नेहरुले मोसो दल्न र जुत्ताको माला लगाउन गरेको प्रयास भने प्रहरीले हस्तक्षेप गरी विफल बनाएको छ।

प्रधानाध्यापक चौधरीले बिद्यालय ब्यवस्थापन समितिको मिलेमतोमा छात्रवृत्ति वितरण, पाठ्यपुस्तक खरिद, भवन निर्माण लगायतका शिर्षकमा गरेको आर्थिक अनियमितताको छानविन हुनुपर्ने माग गर्दै आरोपितहरुको समूहले तालावन्दी गरेका थिए । प्रअको कार्यकक्षमा लगाईएको ताला ब्यवस्थापन समितिका केही पदाधिकारीले फुटाई दिएका छन्।

आर्थिक अनियमितताको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदा पनि कुनै सुनुवाई नभएपछि वाध्य भएर पुनः दोश्रो पटक तालावन्दी गर्नु परेको स्थानीय अभिभावक विनोदकुमार यादवले बताउनुभयो।

यसअघि बैशाख १४ गतेदेखि प्रधानाध्यापक र लेखा शाखामा भएको तालाबन्दी जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी, प्रहरी, विद्यालय ब्यबस्थापन समिति, स्थानिय अभिभावकको रोहवरमा गत जेठ १९ गते खोलिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.