इँटाभट्टाबाट ४५ भारतीयको उद्धार

इँटाभट्टाबाट ४५ भारतीयको उद्धार

राजविराज: भारतीय विदेश मन्त्रालयको आग्रह र परराष्ट्र मन्त्रालयको पहलमा सप्तरीको इँटाभट्टामा कष्टकर जीवन बिताइरहेका ४५ भारतीय मजदुरको उद्धार गरी शुक्रबार घर फर्काइएको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८, पत्थरगाढास्थित बीडीआर इँटा उद्योगबाट बिहीबार साँझ उद्धार गरिएका भारत बिहारको नालन्दा र नावदा जिल्लाका मजदुरलाई सप्तरी प्रहरीले शुक्रबार घर फर्काएको हो। उद्धार गरिएकामध्ये बालबालिकाको संख्या अत्यधिक छ।

बन्धक बनाइएकाका आफन्तले बिहार प्रशासनसमक्ष नेपालको सप्तरीमा आफ्ना परिवारका सदस्य बन्धक बनाइएको भनी उजुरी दिएपछि भारतीय विदेश मन्त्रालयको आग्रहमा सप्तरी प्रशासनले उक्त समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार गरी भारत सुपौलस्थित श्रम कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो।

भारत अञ्चलाधिकारी सहप्रखण्ड विकास पदाधिकारी वारिसलीगन्ज अञ्चलबाट ग्रामसौरका ४५ जना मजदुरलाई नावदाका ठेकेदार विनोद रामले असोजदेखि अलपत्रमा पारेको उजुरी प्राप्त भएको थियो।

यसबारे जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले प्रहरीलाई बोलाएर उनीहरूको स्थिति बुझ्न र छिट्टै उद्धार गर्न निर्देशन दिनुभएको थियो । प्रजिअको लिखित निर्देशनपछि जिल्ला प्रहरी कार्यालयले नजिकैको सुरक्षा बेसक्याम्प पत्थरगाडाबाट प्रहरी टोली खटाएर उद्धार गरेको हो।

नावदाका ठेकेदार विनोद रामले गत असोजमा उनीहरूलाई कोलकाताको चिम्नीभट्टामा काम लगाइदिने भनी झुक्याएर ग्राम सौरबाट सप्तरी ल्याएका थिए। ठेकेदार रामले बिडिआर इँटा उद्योगका सञ्चालकसँग मजदुरको नाममा करिब ४५ लाख रुपैयाँ लगेको प्रहरीले जनाएको छ।

उद्योग सञ्चालकले ठेकेदार नआउन्जेलसम्म काम गर्नुपर्ने भनी मजदुरलाई पालो पहरा दिइराखेका थिए । लामो समयदेखि बँधुवासरह पीडित भएको मजदुरले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.