अपहरण शैलीमा महिला बेपत्ता

अपहरण शैलीमा महिला बेपत्ता

बर्दिया :  बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर २ जमुनी फुटाहा निवासी २९ बर्षीया एक महिला बेपत्ता छिन् । मिलमा जान हिँडेकी सविता पाण्डे शुक्रबार मध्यान्ह साढे १२ बजे देखि अपहरण शैलीमा वेपत्ता परेकी हुन्।

आसन्न स्थानीय तह निर्वाचन गेरुवा गाउँपालिका वडा नम्वर २ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विनु प्रसाद पाण्डेकी भाई बुहारी सविता तमौलीपुर गाउँस्थित कासीराम पौडेलको घरमा साइकल राखेर मिल गएको पारिवारिक श्रोतले जनाएको छ ।

फुटाहाका लेखेन्द्र पाण्डेकी धर्मपत्नी सवितासँग शुक्रबार बेलुकी ५ः४१ बजे मोबाइलमा कुरा भएको दिदी सासु निर्मला मैनालीले बताउनु भयो । ‘बुहारीले आफै फोन गरेर भनेकी छिन्, कोठामा एउटी लाटी महिलासँग राखेर बाहिरबाट ताला लगाएको र स्थान थाहा छैन्' उहाँले भन्नुभयो ।

सविताले फोनमा बताए अनुसार अपहरणकारीले पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बाँकेको ढकेरी सम्म बेहोस बनाएर मोटरसाइकलमा लगेको र ब्युतिएर भाग्न खोज्दा पुन बेहोस बनाएर गाडीमा चढाएर लगेका हुन् । अपहरणकारीले परिवारसँग नत फिरौती मागेका छन् नत सवितालाई कुटपिट नै गरेका छन् । मैनालीले थप्नुभयो-‘हामीले खोजबिनको लागि प्रहरीलाई खवबर गरेका छौं तर अहिले सम्म बहारीको अवस्था अज्ञात नै छ ।' अपहरण शैलीमा लैजाने व्यक्तिकोबारेमा पनि केही जानकारी आएको छैन ।

प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाका अनुसार सविता पाण्डेको खोजी गर्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाकाबारेमा गहन छानबिन भइरहेको उहाँले बताउनु भयो । ‘हामीले घटनालाई सुस्मरुपमा अध्ययन र अनुसन्धान गरिरहेका छौं' । प्रजिअ थापाले अगाडी भन्नुभयो मोवबाइल ट्रयाकिङ्ग गर्दा पीडित अहिले बुटवलमा भएको पत्ता लागेको छ ।

घटना अपहरण हो वा होइन भन्ने बारेमा व्यापक अनुसन्धान भइरहेको बताउँदै छिट्टै घटनाको वास्तविक सत्यतथ्य बाहिर आउने थापाले विश्वास दिलाउनु भयो ।
अज्ञात समूहले महिलालाई बेपत्ता पारेको भन्ने खवर आएकाले व्यापक खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले बताउनु भयो । कसले किन कसरी महिला वेपत्ता भएको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.