मोरङको प्लार्इ उद्योगमा भीषण आगलागी, ११ वटा दमकलले आगो निभाउँदै

मोरङको प्लार्इ उद्योगमा भीषण आगलागी,  ११ वटा दमकलले आगो निभाउँदै

विराटनगर :  मोरङको बुढीगंगा‍‍ -५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ ।  शनिबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकलले प्रयास गरिररहेका छन् ।

सुरक्षाकर्मी र स्थानीयवासी पनि आगलागी नियन्त्रणमा जुटेका छन् तर आगो नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले भन्नुभयो,‘मोरङ, झापा, सुनसरी र सप्तरीका ११ वटा दमकल घटनास्थलमा खटिएका छन् करिब पचास प्रतिशत जति आगो नियन्त्रणमा आएको छ ।'

थापाले आगलागीलाई पूर्ण रुपमा नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो ।  आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन बाँकी रहेको डिएसपी थापाले बताउनु भयो ।


उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको उद्योग सञ्चालक दिवाकर राठीले जानकारी दिनुभयो । यो उद्योग संयुक्त रुपमा उद्योगी जीवन रिजाल, बजरंग अग्रवाल, मनिष खेतान, रमेश आचार्य र पारस रिजालले सञ्चालन गर्दै आउनु भएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.