झुण्डिएर युवतीद्वारा आत्महत्या

गमगढी(मुगु): जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका —५ लाम्रु गाउँकी एक युवतीले शुक्रबार झुण्डिएर आत्महत्या गरेकी छिन् । १८ वर्षीया रिता बुढाले आफ्नै घरमा शुक्रबार डोरीको पाँसो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मृतक बुढाको शव पोष्र्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको र आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । माईति पक्षले भने घटनाका बारेमा अनुसन्धानको माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
