स्थानीय तहमा कांग्रेसले हारे लोकतन्त्र कमजोर हुन्छ : कोइराला

स्थानीय तहमा कांग्रेसले हारे लोकतन्त्र कमजोर हुन्छ : कोइराला

विराटनगर :  नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुने बताउनुभएको छ । विराटनगर आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, संमृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभभयो, ‘काँग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।'

नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुढृढीकरणका लागि भएपनि कांग्रेस एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो ।उहाँले स्थानीय तह पाँच वर्षका लागि स्थायी रुपको सरकार भएकाले कसैले हल्लाउन नसक्ने भन्दै स्थानीय तहको विकासका लागि नेपाली काँग्रेसका प्रतिनिधिलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएकी नेत्री कोइरालाले तीन तहकै निर्वाचन काँग्रेसको नेतृत्वमा हुने हुँदा अरु निर्वाचनलाई पनि स्थानीय तहको निर्वाचनले असर गर्ने भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउनुपर्ने बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.