वर्तमान आक्रोशको मन्थन

वर्तमान आक्रोशको मन्थन

अमेरिकी घरेलु आतंकवादी तिमेथी म्याक भे र अहिलेका आईएसका जिहादी आतंकवादीबीच के समानता छ ? शीतयुद्ध समाप्तिसँगै सुरु भएको भूमण्डलीकरणको तीव्र अभियानबीच किन मानिसमा आक्रोश छ ? ब्रेक्जिटपछि किन युरोपेली युनियन मरिरहेको छ ?

ट्रम्पको विजयले घरेलु राष्ट्रवाद र विश्व व्यवस्थामा के असर गर्छ ? भारतमा नरेन्द्र मोदीको अति हिन्दु राष्ट्रवादले विश्वकै ठूलो प्रजातन्त्रमा के सन्देश दिन्छ ? किन आज विश्वमा आक्रोश, निराशा र व्यर्थताको अनुभव भइरहेछ ? पंकज भि श्रको किताब ‘एज अफ एंकर अ हिस्ट्री अफ दी प्रजेन्ट’ले यस्ता विषयमा बैद्धिक उत्खनन गरेको छ।

वर्तमान आक्रोशको जरा पहिल्याउँदै लेखक मि श्र १८औ र १९ औंशताब्दीको युरोपको बौद्धिक र दार्शनिक विमर्शसम्म पुग्छन्। उनको निष्कर्ष छ– शान्ति, स्थायित्व र प्रजातन्त्रको लागि गरिएका पश्चिमी प्रयत्नमा नै हिंसा छ। आज वर्तमान विश्वमा व्याप्त पुँजीवाद र व्यक्तिवादी चलनको जरामै कमजोरी छ।

१९औं शताब्दीको आरम्भमा युरोपमा भएको रोमान्टिक क्रान्ति र विद्रोहले उदार पुँजीवादी विश्व प्रणालीको जग बसालेको थियो। त्यो जग बीसौं शताब्दीमा अन्य गैरपश्चिमी समाजमा पनि फैलाइयो। यो आधुनिकीकरणको प्रक्रियाले पश्चिमीकरणको रूप लियो।

प्रयोगको यत्रो लामो कालखण्ड बितिसक्दा पनि यसले अपेक्षकृत परिणाम हासिल गर्न सकेन। स्वतन्त्रता, समानता तर्क र विवेकको विजयजस्ता आदर्शले भरिएको युरोपको प्रबोधन क्रान्ति नै अन्तर्विरोध, द्वन्द र द्विविधाले भरिएको थियो। यसले गर्दा आज आक्रोशको युगको जन्म हुन पुगेको निष्कर्षमा लेखक मि श्र पुगेका छन्।

समाजवाद, साम्यवाद, उदार पुँजीवाद र प्रजातन्त्रका विभिन्न स्वरूप-चिन्तनबाट गुज्रिएको विश्वमा मानवोचित सामाजिक आर्थिक प्रणाली स्थापित हुन नसकेकोमा उनको चिन्ता छ। आधुनिक विश्व व्यवस्थाको जननी युरोप नै अहिले संकटमा छ। युरोपका शासकहरू स्थानीयतावाद, आप्रवासी प्रतिघृणा र भूमण्डलीकरणको चमत्कार अभियानबाट पछाडि सरिरहेका छन्। यसले दुई शताब्दी लामो पश्चिमी अभियान संकटमा परेको संकेत दिएको छ। यो आधुनिकताको प्रारम्भ भनिएको प्रबोधनकालको संकट हो। पश्चिमको अन्धाधुन्ध अनुकरण गर्दा गैरपश्चिमी समाज पनि रोगग्रस्त भएको डायग्नोसिस लेखक मि श्रको छ।

पश्चिमी समाजको प्रबोधन युगमा भएको संक्रमण हिंसात्मक थियो, त्यस्तै संक्रमणबाट गैरपश्चिमी राष्ट्र गुिज्ररहेका छन्। प्रबोधन युगको मानवतावाद, विवेकवाद र उदार प्रजातन्त्र आफैंमा एउटा विभ्रमको पर्दा हो। पश्चिमी उदारवादविरुद्ध हिटलर र मुसोलिनीको फाँसीवाद आएको थियो।

दोस्रो विश्वयुद्धमा यो फाँसीवाद पराजित भएपछि फेरि उदारवादविरुद्ध साम्यवादी सोभियत संघ खडा भयो। फेरि साम्यवादलाई उदारवादले सन् १९९० मा पराजित गर्‍यो र शीतयुद्धको अन्त्य भयो। यसपछि उदार प्रजातन्त्र र खुला बजार अर्थतन्त्रको लहर विश्वमा चल्यो। यसलाई हार्वडका स्यामुयुल हन्टिङटनले प्रजातन्त्रको तेस्रो लहर भने तर पनि विश्वमा एकरूपता, शान्ति स्थायित्व आउन सकेन।

प्रजातन्त्रको तेस्रो लहरबाट आशावादी हन्टिङटनले केही वर्षपछि ‘सम्यताको द्वन्द्व’ भन्ने खतरनाक निराशावादी विचार लिएर आए। यसमा खास गरेर उनले इस्लाम र कन्फ्युसियाली चीनलाई पश्चिमको शत्रुको रूपमा चित्रित गरेका छन्। सन् २००१ को अमेरिकामाथि ओसामा विन लादेनको अलकायदाले गरेको आक्रमणबाट विश्व अर्को आक्रोशको आयाममा फस्यो।

अमेरिकी राष्ट्रपति जर्ज बुसको आतंकवादविरुद्धको युद्धपछि विश्व शान्ति र स्थायित्वका लागि चुनौती बनेको छ-आईएस। किन युरोपमा रहेका युवा इन्टरनेटबाट अनुयायी बनेर आईएसका लागि लड्न सिरिया पुग्छन् ? अर्काको ज्यान लिने रक्तपिपाशा किन तिनीहरूमा छ ? मि श्र यसलाई अमेरिकी घरेलु आतंकवादी तिमोथी म्याक्भेको आतंकवादसँग जोडेर हेर्छन्। र, म्याकभेको आतंंक दर्शनको विवेचना पनि गर्छन्।

विश्वको वर्तमान संकटलाई पंकज मि श्र प्रजातान्त्रिक पुँजीवाद र राज्य समाजवादको असफलतासँग जोडेर हेर्छन्। यसलाई उनले पश्चिमी प्रजातन्त्रकै असफलता मानेका छन्। किताबमा उनले 'रिजेन्टिमेन्ट' शब्दलाई बारम्बार प्रयोग गरेका छन्।

त्यसको अर्थ हुन्छ-हेपिएको र निर्धो भएको अनुभव गर्नु। अहिले विश्व सम्भ्रान्तहरू, विशेषगरी नियो लिबरल एलिट र तिनीहरूको संस्थासँग आममानिस हेपिएको र निर्धो भएको अनुभव गरिरहेको छ किनभने नियो लिबरल आर्थिक नीतिकै कारण अमेरिकाका ६ जना अर्बपतिसँग विश्वको आधा जनसंख्याको भन्दा बढी सम्पत्ति छ। यो व्यापक र अमानवीय असामनता नै आक्रोशको युगको कारण हो।

भारतका अर्का दार्शनिक यूजी कृष्णमूर्तिले भनेका छन्, ‘धरतीलाई स्वर्ग बनाउने विचारले नै यसलाई नर्क बनाइरहेको छ।’ यो कुरा यस किताबको पनि आशय हो। अहिले भारतमा नरेन्द्र मोदीको पपुलिज्मले गान्धीलाई बेवास्ता गरेको छ र भारतका सत्तासीन वर्गलाई हिन्दु राष्ट्रवादका प्रणेता सावरकरको सामीप्यमा पुर्‍याएको छ। हालै फ्रान्समा भएको राष्ट्रपतिको निर्वाचनमा मेरि लि पेनलाई सम्मानजनक मत प्राप्त भएको छ। चिनियाँ राष्ट्रपति सी जिन पिन चिनियाँ सपनाको अभियानमा कन्फ्युसियाली राष्ट्रवादको बगुल फुक्दैछन्।

युरोपमा राष्ट्रवाद बल्दो छ। अमेरिकामा ट्रम्पको विजयले विश्व व्यवस्था परिवर्तन गर्दैछ। यिनै जल्दाबल्दा बिषय खोतलेर पंकज मि श्र पपुलिस्ट नेताले जनताको निन्दा, दिक्दारी र असन्तुष्टलाई भजाएको बताउँछन्। उनी पुँजीवादको असफलताले मानिसलाई भयग्रस्त, द्विविधा, एकान्त र गुमेको अवस्थामा पुर्‍याएको बताउँछन्। यसलाई उनले ग्लोबल सिभिल बार भनेका छन्। अहिले मानिस आफ्नो जरा खोज्न थालेका छन्। फेरि जातीय, आर्थिक र भौगोलिक राष्ट्रवादको लहर १९औं शताब्दीको युरोपमा जस्तै चल्न थालेको छ।

पंकज मि श्रको यस किताब १९औं शताब्दीको युरोपको बौद्धिक इतिहास पनि हो। यसमा उनि युरोपेली सम्यताको भारत, चीन र टर्कीमा परेको प्रभावलाई मिहिन ढंगले केलाउँछन् भने रुसको आधुनिकीकरणको प्रक्रियाको विश्लेषण पनि गर्छन्।

विश्व व्यापक तनावमा रहेको बताउने मि श्र लेख्छन्, 'किन आधुनिक विश्व लन्डनदेखि मुम्बई र मोसुलसम्म यस्तो छ ?' आज युरोपमा बेल्जियमदेखि फ्रान्स हुँदै लन्डनसम्म भएका आक्रमणमा मुसलमान आतंकवादी संलग्न छन्। शान्ति र प्रगतिको महादेश भनिएको युरोप अशान्त छ। यसले विश्व शान्ति र स्थायित्वको मूलमन्त्र भनिएको एउटै विश्वको नारासहित अगाडि बढाइएको भूमण्डलीकरणको असफलतालाई जनाउँछ।

पुस्तक: एज आफ एंगर, अ हिस्ट्री अफ दी प्रिजेन्ट
लेखक: पंकज मि श्र
प्रकाशक: जगरनट, भारत
पृष्ठः ४०५
मूल्य: ६९९ (भा.रु.)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.