सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले स्वीकृत
काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आइतबार बिहान सिंहदरवारमा बसेको बैठकले कायममुयकाम प्रधानन्यायाधीश पराजुलीको नाम स्वीकृत गरेको हो।
असार १५ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा पराजुलीको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्दै अनुमोदनका लागि सुनुवाइ समितिमा पठाएको थियो। पराजुलीविरुद्ध कुनै उजुरी नपरेको सुनुवाइ समितिले जनाएको छ।
समितिबाट नाम अनुमोदन भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पराजुलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुहुने छ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले जेठ २४ गते अनिवार्य अवकाश पाएपछि पराजुलीले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आउनुभएको थियो।