निर्वाचन कानून र आयोगको छिट्टै व्यवस्था हुन्छ: प्रधानमन्त्री देउवा

निर्वाचन कानून र आयोगको छिट्टै व्यवस्था हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ : सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण आयोग अब छिट्टै गठन हुने जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानुन निर्माण अब चाँडै हुने भएकाले निर्वाचनका लागि तयारी अवस्थामा रहन अाइतवार निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोली आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेको थियो । भेटमा सहभागी गृहमन्त्री जनार्दन शर्माले आयोगका पदाधिकारीसँग खासगरी निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो ।

मतदाता नामावली संकलनको अवधि र स्थानीय तहमा पुगेर मतदाता नामावली दर्ता गर्न सकिन्छ वा सकिँदैन भन्नेबारेमा पनि उहाँहरुबीच छलफल भएको थियो ।

प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पूर्वाधारका रुपमा रहेका कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका विषयमा छलफल भएको बताउनुभयो । निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनका लागि माग गरिएको जानकारी दिँदै उहाँले निर्वाचन कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी त्यसको प्रतिवेदन चाँडै पाउनुपर्ने आयोगको माग रहेकाे बताउनुभयाे । 

निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने तथा निर्वाचन आयोगको मागअनुरुपको कानून पनि दु्रतमार्गबाट पारित हुने कुरा सरकारका तर्फबाट विश्वास दिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो ।

यसैबीच, आयोगले मतदाता नामावली संकलन गर्न दिएको समयावधिभित्र जिल्ला निर्वाचन कार्यालयमा पुगेर समय र स्थानको भरपूररुपमा सदुपयोग गर्न सबैसँग आग्रह गरेको छ ।

निर्वाचन आयोगले अाइतवारदेखि यही साउन १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोगका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.