‘चिनियाँ चाहना नेपालमा राजनीतिक स्थायित्व'

‘चिनियाँ चाहना नेपालमा राजनीतिक स्थायित्व'

चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणबारे उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सन्तोष घिमिरेले गरेको कुराकानी :
चिनियाँ उपप्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ता कस्तो रह्यो ?
इतिहासकालदेखिकै नेपाल र चीन असल निकट छिमेकी मुलुक हुन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गर्नुभएको नेपाली पक्ष र उपप्रधानमन्त्री वाङ्ले नेतृत्व गर्नुभएको चिनियाँ पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार गर्नुपर्छ भन्नेबारे विस्तारमा कुराकानी भयो । दुई देशबीच पूर्वाधार विकास, नेपालको पुनर्निर्माण, केरुङ-काठमाडौं र काठमाडौं-पोखरा रेल निर्माणका सम्बन्धमा सकारात्मक रूपमा सोचिदिन हामीले चिनियाँ पक्षलाई आग्रह गरेका छौं ।

नेपालले आवश्यक गृहकार्य गरेर चाँडै यसका लागि ठोस प्रस्ताव चीनसँग राख्नेछ । नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाइदिन हामीले आग्रह गर्‍यौं । नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग दिने, ग्यास र तेलको अन्वेषणका लागि अनुसन्धान गर्ने र नेपालमा चिनियाँ लगानी भिर्‍याउन पहल गर्ने विषयमा छलफल भए । ती विषयमा तीन सम्झौता पनि आजै भए ।

नेपालले कुन विषयमा बढी जोड दियो ?
विगतमा नेपालबाट चीनतर्फ भएका उच्चस्तरीय भ्रमण र वाचा गरेका सम्झौता कार्यान्वयनबारे छलफल भयो । मूलतः हामीले पारवहन यातायात सम्झौताको प्रोटोकललाई टुंगो लगाउन अन्तिम गृहकार्यको चरणमा रहेको बतायौं । नेपाल चीनसँग भएको पारवहन सम्झौता लागू गर्न चाहन्छ भन्ने प्रतिबद्धता जनायौं ।

चीनसँग हामीले बेल्ट एन्ड रोड अवधारणामा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौं । अब यो समझदारीलाई कार्यान्वयनमा लैजान पूर्वाधारका परियोजना छनोट गर्ने हाम्रो तयारी छ । यसका लागि परराष्ट्र सचिव र अर्थ सचिवको नेतृत्वमा दुई संयन्त्र बनेको जानकारी गरायौं । बेल्ट एन्ड रोड अवधारणाअनुसार दुई मुलुकको सम्बन्ध अघि बढाउन सरकार प्रतिबद्ध छ भन्ने कुरा राखेका छौं ।

भूकम्पयता बन्द भएको तातोपानी नाका खोल्ने विषयमा के छलफल भयो ?
हामीले यस पटकको वार्तामा पनि चिनियाँ पक्षलाई तातोपानी नाका खोल्न आग्रह गरेका छौं । उहाँहरूले यसलाई सकारात्मक रूपमा लिएको बताउनुभयो।

नेपालले राखेका विषयमा चिनियाँ उपप्रधानमन्त्रीको प्रतिक्रिया के रह्यो ?
चिनियाँ पक्षका नेताले नेपालसँगको सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो । नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी विस्तारजस्ता विषयमा उहाँहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ । चीन र नेपाल असल छिमेकी हौं, हामी सक्दो सहयोग गर्छौं भन्नुभयो । डेढ घन्टा वार्ता भएको वार्ताको सुरुमै चिनियाँ उपप्रधानमन्त्रीले नेपालमा भर्खरै बाढी पहिरोका कारण पीडित भएका परिवारका लागि १ मिलियन अमेरिकी डलर सहयोग दिने घोषणा गर्नुभयो ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति चिनियाँ पक्षको बुझाइ के रहेछ ?
नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे उपप्रधानमन्त्री गच्छदारले चिनियाँ उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । पहिलो र दोस्रो चरणको चुनाव भइसकेको जानकारी दिँदै उहाँले समय सीमाभित्रै प्रान्तीय र संघीय चुनाव गर्न नेपाल लागिपरेको बताउनुभयो । चीनले नेपालमा नयाँ संविधान घोषणाको पहिल्यै स्वागत गरिसकेको छ । दुई चरणका स्थानीय चुनाव सम्पन्न भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । चिनियाँ उपप्रधानमन्त्रीले अब हुन लागेका प्रान्तीय र संसदीय चुनाव सफलताको कामना गर्दै राजनीतिक स्थायित्व प्राप्तिका लागि नेपाललाई शुभकामना दिनुभयो । हामीले सकेसम्म सबै पक्षलाई समेटेर चुनावमा जाने प्रयास गरेका छौं भन्ने कुरा पनि राख्यौं । त्यसमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

डोक्लाममा चीन-भारत र भुटानबीच देखिएको तनावबारे चिनियाँ पक्षले केही कुरा राख्यो ?
यस मुद्दामा द्विपक्षीय वार्तामा कुनै कुरा भएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.