गणेशजीलाई २११ किलोको लड्डु!

गणेशजीलाई २११ किलोको लड्डु!

सिराहा: सिराहा जिल्लाको सदरमुकाम सिराहा नगरपालिकामा दुई सय ११ किलो (दुई क्वीन्टल ११ किलो) को एउटै लडडु चढाएर गणेश चतुदर्शी पर्व सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको गणेश पूजाको अवसरमा हरेक बर्ष दुई सय ११ किलोदेखि तीन सय किलोको शुद्ध घिउमा तयार गरिएको लड्डु सदरमुकामबासीले गणेशजीलाई चढाउँदै आएका छन। भगवान गणेशजीलाई लड्डु निक्कै मन पर्ने भएकाले ठूलो आकारको लड्डु चढाउने गरिएको छ।

 

सिराहाको महाविर चौकमा पछिल्लो तीन वर्षदेखी स्थानिय युवाहरुले सहभागिता सञ्चालन हुँदै आएको गणेश पुजा महोत्सवको मुख्य आकर्षक केन्द्रविन्दु यही लड्डु बन्दै आएको छ। भिमकाय लड्डुको दर्शन गर्न सर्वसाधारणको घुँइचो नै लागेका छ। महोत्सव सोमबारसम्म सञ्चालन हुनेछ।

स्थानीय गणेश साह, शम्भु साह, बिरेन्द्र साह, श्रवण साह, ज्योति साह, राजाबाबु सिंह, महेश पोद्दारलगायतको सहयोगमा बर्षेनी यसप्रकारको लड्डु निर्माण हुँदै आएको छ। महोत्सव संयोजक किरण प्रधानांगकाअनुसार उक्त लड्डु निर्माण गर्न कामदारको पारिश्रमिक छोडी ६० हजारको लागतमा तयार भएको हो।

प्रधानांगकाअनुसार घिउ र बदामको वेसन ४५/४५ किलो, चिनी ९० किलो, बदाम तीन किलो, इलाइचीको धुलो पाँच सय ग्राम र एक सिलिण्डर ग्यासको प्रयोग गरी उक्त लड्डु निर्माण गरिएको हो। महोत्सव सकेपछि उक्त लड्डु नगरबासीलाई भाग लगाएर प्रसादको रुपमा वितरण गर्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.