भ्रमणका उपलब्धि

 भ्रमणका उपलब्धि

प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको पाँचदिने राजकीय भ्रमणबाट आइतबार फर्कंदै छन् । भ्रमणबाट नफर्किंदै संविधान संशोधनका विषयमा उनले बोलेका अभिव्यक्तिलाई लिएर आलोचना सुरु भइसकेको छ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले त देउवाका कारण ‘लज्जाले नेपालीको शिर निहुरिएको’ कडा टिप्पणी गरेका छन् भने सत्ता गठबन्धनकै अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उनका अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल÷सञ्चारले पनि सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता देउवाले दिल्लीमा गएर गर्नुलाई आपत्तिजनक मानेका छन् । अझ त्यसमाथि नेपाल-भारत संयुक्त वक्तव्यमै उल्लेख गर्नुले आलोचना र विवाद बढाएको छ ।

नेपालको संविधानप्रति भारत असन्तुष्ट रहेको जगजाहेर छ । अहिलेसम्म खुलेर नया“ संविधानको स्वागत नगरेको भारतले यसपटक पनि आफ्नो ‘पोजिसन’ लाई यथावत् राखेको छ । भलै स्थानीय तह निर्वाचन सम्पन्न भएको र बा“की चुनाव हुने कुरालाई उसले सकारात्मक रूपमा लिएको देखिन्छ । संविधान निर्माण, यसको कार्यान्वयन, यसमा संशोधन गर्ने÷नगर्ने यी सबै हाम्रा घरेलु मामिला हुन्।

छिमेकले यसमा सुझाव वा सद्भाव राख्न सक्छ, तर ‘डिक्टेड’ गर्न सक्दैन । संविधान जारी हुने बेलामा मिति सार्न दबाब दिएको भारतले अहिलेसम्म नया“ संविधानप्रति खुलेर समर्थन गरेको छैन । लामो समय संविधान संशोधनको रस्साकस्सीपछि संशोधन अस्वीकृत भएको सन्दर्भमा देउवाले दिल्ली पुगेर पनि संशोधन अघि बढाउने कुरा उप्काउनु त्रुटिपूर्ण हो ।

त्यसबाहेक नेपालको प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने अघोषित प्रचलन अनुशरण गर्दै भारत यात्रामा गएका देउवालाई न्यानो आतिथ्य प्रदान गर्ने विषयमा भारतले कुनै कञ्जुस्याइँ गरेन । देउवासँगको औपचारिक भेटघाट हुने भनेर तोकिएको एक दिनअगाडि नै ‘सरप्राइज’ भेट गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई उच्च महत्व दिएको कूटनीतिक सन्देश दिए । नाकाबन्दीका कारण नेपालमा बढेको भारतविरोधी भावना बढेको सन्दर्भमा भारतप्रति नरम दृष्टिकोण राख्ने र भारतीय चाहनाप्रति संवेदनशील ठानिएकाले भारतले देउवाको भ्रमणलाई उच्च महत्व दिएको हुन सक्छ ।

भ्रमण क्रममा नेपाल भारत सम्बन्धका विविध पाटाहरूका बारेमा प्रधानमन्त्रीकै तहमा छलफल भए । बाढी र डुबानजस्ता प्रकोप, १९५० को सन्धि, सुरक्षाका विषयमा सक्दो सहकार्य गर्ने, जलस्रोत र ऊर्जा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, नेपालमा भारतीय लगानी बढाउने, नेपालको भारतसँगको व्यापार घाटा कम गर्ने र अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय संस्थाहरूमा साझा चासोका विषयमा सहकार्य गर्नेलगायत विषयमा छलफल भए । भारतको अलिक बढी नै चासोको विषय रहने गरेको आतकंवादबारेमा पनि साझा धारणा बनेको देखिन्छ । बहुप्रतीक्षित पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र बनाउन पनि दुवै देशका प्रधानमन्त्रीहरूबीच सहमति भएको छ ।

हालै आएर भारतमा चार्टर्ड एकाउन्टेन्सीको कोर्स पूरा गरेर आएकाहरूलाई नेपालमा मान्यता नदिने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको निर्णयबाट सो विषय लिई भारतमा अध्ययन गरेका हजारौं विद्यार्थी मर्कामा परेका थिए । देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्ट्स संस्थाहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि यी विद्यार्थीमा उत्पन्न अन्योल निराकरण भएको छ ।

यस्ता केही महत्वपूर्ण सम्झौता र समझदारी भएका छन्, तर यी उपलब्धिमूलक र प्रभावकारी त्यतिबेला हुनेछन्, जब यिनको प्रभावकारी कार्यान्वयन हुनेछ । त्यसकारण भ्रमणको उपलब्धिको मापन यसको कार्यान्वयन केकसरी बढ्छ, त्यसका आधारमा तय हुनेछ । देउवालगायत कुनै पनि प्रधानमन्त्री र अरू पनि राजनीतिक नेताहरूको भ्रमणको उपलब्धिको मापन स्पष्ट रूपमा परिभाषित राष्ट्रिय हितलाई केन्द्रमा राखेर वस्तुगत आधारमा गरिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.