भन्सार छलीको आशंकामा ट्रक र ट्रयाक्टर नियन्त्रण

भन्सार छलीको आशंकामा ट्रक र ट्रयाक्टर नियन्त्रण

विराटनगर : विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएका ट्रक र ट्रयाक्टर राजश्व छलीको सामान ‘लोड’ गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रानी अगाडिबाट सोमबार राति ९ बजे प्रहरीले एकै पटक ट्रक र ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले विराटनगर १५ स्थित रामजानकी मन्दिर नजिकै भारतबाट नेपालतर्फ आउँदै गरेको को १ ख ४०१० नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको बीआर ३८ ई ४६४० ट्रयाक्टर नियन्त्रणमा लिएको छ। दुवै मालबहाक सवारी साधनमा कस्मेटिक सामान, सिलाइका सामानहरु र जुत्ता लगायत रहेको प्रहरीले जनाएको छ।

भन्सार छली गरेको सामान लिएर आउँदै गरेको विशेष सूचनाका आधारमा दुबै मालबहाक सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीमा बुझाइएको प्रहरी निरीक्षक सन्तोस निरौलाले बताए। ट्रकका चालक मोरङ ग्रामथान गाउँपालिका ७ का ३० वर्षीय शशी चौधरी र ट्रयाक्टरका चालक भारत जोगवनी ग्रामपंचायत १० का २४ वर्षीय सुनिल शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएर राजश्वमा बुझाएको छ। प्रहरीले नियन्त्रणमा लिएका ट्रक र ट्रयाक्टर भारतबाट सामान लिएर आएका थिए। दुबै सवारी साधनलाई विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर अघि बढ्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

दुबै साधनका चालकसंग सामान ल्याए बापत भन्सारमा राजश्व बुझाएको प्रज्ञापन पत्र भने साथमै थियो। ‘ट्रक र ट्रयाक्टरमा ‘लोड’ भएका सामानको न्यून मूल्यांकन गरिएको छ र प्रज्ञापनपत्रमा उल्लेख गरिए भन्दा बढी सामान छ भन्ने सूचना आयो,’ प्रनि निरौलाले भने, ‘विशेष स्रोतले दिएको सूचनाका आधारमा दुबै साधनलाई नियन्त्रणमा लिएर सामान सहित आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालयमा बुझाइएको छ।’

प्रहरीले दुबै सवारी साधनमा ६० लाख मूल्य भन्दा बढीका सामान रहेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले ट्रक र ट्रयाक्टरमा ‘लोड’ गरिएका सामानको जाँचपास गर्ने र प्रज्ञापन पत्र दिने एजेन्ट र भन्सार कर्मचारीको नाम भने खुलाउन मानेन्। भन्सार अधिकृत शम्भु सापकोटाका अनुसार भारतबाट सामान ल्याए बापत दुबै सवारी साधनले भन्सार कार्यालयमा छ लाख रुपैयाँ राजश्व बुझाएर प्रज्ञापन पत्र लिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.