८८ किलो सुनका मालिक को हुन् मिङ दम्पती ?

८८ किलो सुनका मालिक को हुन् मिङ दम्पती ?

काठमाडौं : सन् २००६ मा मिङ दम्पती सपरिवार नेपाल छिरेको हो । सांघाई निवासी मिङ दम्पतीका एक छोरा (हाल करिब २७ वर्ष) पनि छन् । उनीहरूले सुरुमा नरसिं चोकमै केलियन नामक रेस्टुरेन्ट चलाए । छोराचाहिँ राजधानीमै पढ्न थाले । उनी पाँच महिनाअघि मात्र चीन फर्किएका हुन् । मिङ रेस्टुरेन्ट चलाउँदादेखि नै महिनामै ३-४ पटकसम्म चीन ओहोरदोहोर गर्थे । उनले सिप्रदी ट्रेकिङको नाममा गाडीसमेत निकाले । यातायात व्यवस्था विभागबाट सवारी लाइसेन्स पनि लिए ।

मिङले भूकम्प जानु तीन महिनाअघि घर भाडामा लिएर होटल वान काठमाडौं सञ्चालनमा ल्याएको कर्मचारी बताउँछन् । होटल सञ्चालनको दैनन्दिन जिम्मेवारी पत्नी विङलाई छाडेका उनी आफूचाहिँ चीनबाट पर्यटक ओसारपसारको काम पनि गर्न थाले । त्यसका लागि ३ वटा टुरिस्ट कोच प्रयोगमा ल्याए।

नरसिं चोकबाट दक्षिण जेपी स्कुल चोकतर्फ लाग्दा ठीक बीचैमा, दायाँतर्फको गल्ली पस्दा २० मिटरमा रहेको चार तले होटलमा ११ कोठा छन् । र, त्यहाँ एकै कोठामा ८ वटासम्म खाट राखेर युथ होस्टलको शैलीमा सेवा दिइँदै आएको छ । खासगरी सस्तो (प्रतिरात ४ सय रुपैयाँ) मा काठमाडौं बस्न रुचाउने चिनियाँ पर्यटक त्यहाँ आउँछन् ।

होटलमा ४ जना नेपाली कर्मचारी छन् । पत्नी विङको कडा अनुशासनबीच काम गर्ने ती कर्मचारी आफूलाई साहुको यस्तो अवैध धन्दाबारे अनुमानै नभएको बताउँछन् । 'स्वास्नीचाहिँ प्राय: तरकारी, मासु र दूधको बजार भाउलाई लिएर कचकच गर्थी । इंग्लिसचाहिँ फरर्र बोल्थी', एक कर्मचारीले भने, 'मिङ कहिल्यै फुर्तीफार्ती नगर्ने खालका थिए । फुर्सदमा बिग्रेका बत्ती बनाएर बस्थे । यस्तो धन्दा पो रैछ !'

मिङको होटलमा कमै बस्ने, राति-राति कता-कता हिँड्ने बानीले चाहिँ कर्मचारी छक्क पर्दा रहेछन् । उनले होटलको सीसीटीभी कसैलाई हेर्न नदिने उनको अर्को पक्ष थियो । जसलाई लिएर सोझा युवा कर्मचारीले कहिल्यै शंकाको नजरले हेरेनन् । मिङ दम्पती पछिल्लो समय क्षेत्रपाटीमा नयाँ होटल सञ्चालन गर्नतिर पनि व्यस्त थियो । फर्निसिङको काम चल्दै थियो ।

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीको मुख्य र्‍याकेट चलाएका मिङले धन्दाबाट आर्जित रकम यहाँकै विभिन्न व्यवसायमा लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । उनले दुई होटल आफ्नो स्वामित्वमा राखे पनि अन्य व्यवसायचाहिँ भिन्न विश्वासिला मानिसको स्वामित्वमा राखेको हुन सक्ने आकलन छ।

यसैगरी, मिङले यातायात व्यवस्था विभागबाट सवारी लाइसेन्स लिँदा पनि कुनै कागजात पेस नगरेको खुलेको छ । महानगरीय प्रहरी महाशाखाका एक अधिकृतले 'विभागमा लाइसेन्सबारे बुझ्दा चिनियाँ दूतावासको मौखिक आग्रहमा मिङलाई लाइसेन्स उपलब्ध गराएको जवाफ आएको' बताए ।

८८ किलो सुनको नालीबेली : चिनियाँ तस्करको दबदबा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.