मधेसी आयोगसम्बन्धी विधेयक पारित

 मधेसी आयोगसम्बन्धी विधेयक पारित

काठमाडौँ: व्यवस्थापिका-संसद्को आजको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको छ।उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

 

विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा मधेशी, जनजाति लगायतका आन्दोलनका भावना समेटिएको जानकारी गराउँदै सरोकारवालाका माग सम्बोधन भएको बताए।

विधेयकसम्बन्धी छलफलमा भाग लिँदै सांसदहरु योगेन्द्र चौधरी, कल्पना चौधरी, प्रेम सुवाल, नागेन्द्र कुमाल, पेम्बा गुरुङ बोटे लगायतले विधेयकमा थारु समुदायका पहिचान र संस्कृतिलाई समेटिनुपर्ने सुझाव दिनुभएको थियो।

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, विद्युत् नियमनसम्बन्धी विधेयक र श्रमसम्बन्धी विधेयक प्रमाणीकरण गरी पठाइएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएकी थिइन्।

त्यस्तै सभामुख घर्तीले नेकपा (माओवादी केन्द्र)का सांसद योगेन्द्र तामाङ घिसिङले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका-संसद् नियमावलीको नियम २२२ को उपनियम १ बमोजिम स्थान रिक्त भएको जानकारी गराएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.