बस दुर्घटनामा सह-चालकसहित सातको मृत्यु, २८ घाइते

 बस दुर्घटनामा सह-चालकसहित सातको मृत्यु, २८ घाइते

नुवाकोट: नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीमा यात्रुबस दुर्घटना हुँदा सह-चालकसहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ यात्रु घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको छ। सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थाना भन्याङस्थित लोहोरे टोलमा शनिबार विहान पौने १२ बजे यात्रु बस दुर्घटना भएको हो।

 

काठमाडौको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि विहान साढे नौ बजे छुटेको सो बस सडकबाट तीन सय ५० मिटर तल खस्दा स्थानीय अनील तामाङको घरमाथि बज्रिएको हो।

घाइते भएका २८ जना मध्ये १८ जनाको काठमाडौ धापासिस्थित ग्रीनसिटी, आठ जनाको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल र एक जनाको वीपी स्मृति अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए।

उनका अनुसार बस लोहोरे टोलमा आइपुग्दा साँघुरो सडकबाट तीन सय ५० मिटर तल साल, उत्तिसको रुख भाँच्दै तल्लो मोड नजिकै उत्तरी मोहडामा रहेको भीरालो स्थानमा घरमाथि बसेको हो।

दुर्घटनामा परी मृत्‍यु हुनेमा विदुर नगरपालिका वडा नं. ९ की २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका वडा नं. ५ की ४५ बर्षीया लक्ष्मी न्यौपाने, सोही ठाउँकी ६७ बर्षीया ठूलीमाया तामाङ रहेका छन्।तीनै जनाको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।

यस्तै सूर्यगढी गाउँपालिका वडा २ का २३ वर्षीया दिनेश श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा धापासीस्थित ग्रिनसिटी अस्पताल र तादी गापा रालुकाकी २२ वर्षिया सबिना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक कैलाश भट्टराइले बताए। 

सांघुरो र एकतर्फि सडकमा क्षमता भन्दा वढि यात्रु वोकेको र स्टेयरिङ नमोडिएर दुर्घटना भएको अनुमान गरिएको भट्टराइको भनाई छ। दुर्घटनालगत्तै बसका चालक फरार भए भने स्थानीयवासी, सेना र प्रहरीले घाइते यात्रुहरुको उद्धार गरेका थिए।

यसअघि, गत वर्ष कार्तिक ७ गते नै नुवाकोटको पासाङल्हामु मार्गको यात्रुवस दुर्घटना हुदा दुई विदेशीसहित १४ जनाको निधन भएको थियो। पुराना वस, सांघुरो सडकका कारण दुर्घटना भइरहेको प्रहरीको ठम्याई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.