धनुषा-३ मा निधि र महतोको भिडन्त

धनुषा-३ मा निधि र महतोको भिडन्त

जनकपुरधाम: मंसीर २१ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मनोनयन दर्ता गराएपछि घमाशान हुने तय भएको छ। 

 

निधिको गृहजिल्ला र पूर्व देखिनै कांग्रेसको पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा राजपा नेता महतोले उम्मेदवारी दिने विभिन्न अड्कलबाजीहरु पूर्वमा हुंदै आएको थियो।तर, उनी आयातित रुपमा उम्मेदवारी दिनु नहुने आवाज उनको पार्टी भित्रबाट समेत उठिरहेको हुंदा मनोनयन दर्ताको एक दिन पूर्व सम्म पनि टिकटको टुंगो लगाउन राजपा भित्र सकस भएको थियो।

विहीबार मनोनयन दर्ताको अन्तिम समयमा आफ्ना कार्यकर्ताहरु सहित निर्वाचन आयोगको कार्यालयमा पुगेर महतोले उम्मेदवारी दर्ता गराएका हुन्।नेपाली कांग्रेसबाट निधि उम्मेदवारी दिन आउँदा हजारौंको संख्यामा कार्यकर्ताहरु सहभागि भएर नारा जुलुश गरेका थिए। तर, राजपा नेता महतोसंग सो मात्रामा दलबल देखिएन्।

मधेस आन्दोलनको मुद्दाको जगमा राजनीति गरिरहेका राजपा नेता महतोले निधिसंगको प्रतिस्पर्धाको आधार पनि सोही विषयलाई बनाएका हुन्।तर, यस क्षेत्रका बुद्धिजीविहरुका अनुसार राजपाको लागि निधिको क्षेत्रमा टिक्न गाहेनै हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.