चोरी-सिकारबाटै मारिन्छन् गैंडा

चोरी-सिकारबाटै मारिन्छन् गैंडा

बर्दिया : विश्वमै लोपोन्मुख वन्यजन्तु एकसिंगे गैंडा चोरी-सिकारबाटै मारिने गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा प्रकाशन गरेको वार्षिक पुस्तकको तथ्यांकमा बर्दियाका अधिकांश गैंडा चोरी-सिकारबाट मारेको पाइएको हो।

बर्दिया राष्ट्रिय निकुञ्ज स्रोतका अनुसार बर्दियामा ०४५ सालदेखि ०७३ साल असार मसान्तसम्म ६१ वटा एकसिंगे गैंडा मरेका छन्। जसमध्ये २७ वटा गैंडाको प्राकृतिक मृत्यु र ३४ वटा गैंडा चोरी-सिकारबाट मारिएका छन्। चोरी-सिकारबाट मारिनेमा १४ भाले, ३ पोथी र १७ वटा गैंडा लिंग नछुट्टिएका छन्। प्राकृतिक मृत्यु वरण गरेकामध्ये १७ भाले, ६ पोथी र ४ वटा गैंडा लिंग नछुट्टिएका छन्।

बर्दियामा ८ वर्षदेखि गैंडाको शून्य चोरी-सिकार वर्ष मनाइँदै आए पनि गैंडाको प्राकृतिक मरण नरोकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। बिहीबार अपराह्न बर्दियामा पहिलो पटक रेडियो कलर गरिएको ऐतिहासिक गैंडा मरेको पाइयो। उनले भने, ‘पहिलो पटक बर्दियाको खाता करिडोरमा रेडियो आइडी जडान गरिएको गैंडा कालगतिले मरेको हो।'

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित असारेगौडी उपभोक्ता समितिअन्तर्गत पर्सेनी घाट नजिकै डाँडागाउँ क्षेत्रको काँसको झाडीमा कलर जडान गरिएको पोथी गैंडा मृत भेटिएको हो। उनले थपे, ‘केही दिनअघि उपचार भइरहेको ५ नम्बर आइडीको बिरामी पोथी गैंडा मरेको अवस्थामा पायौं, यो पोथी गैंडाको घाँटीमा केही वर्षअघि पहिलो पटक परीक्षणका लागि रेडियो कलर जडान गरेका थियौं।'

आँखामा समस्या रहेकाले उपचार गर्दै गर्दा कालगतिले मरेको उनले बताए। मृत गैंडाको खाग, खुरलगायत संवेदनशील अंग निकालेर निकुञ्जमा राखी मृत शरीर गाडेर व्यवस्थापन गरेको उनले जानकारी दिए। उनका अनुसार बर्दियाको कर्णाली करिडोर क्षेत्रमा २९ वटा गैंडा छन्। चितवनबाट बबई भ्यालीमा ल्याइएका ८ गैंडा गरी बर्दियामा ३७ वटा गैंडा रहेका छन्।

बर्दियामा ११ वटा गैंडामा रेडियो कलर जडान गरिएको उनले बताए। गैंडाको घाँटीमा जडान गरिएका २ वटा कलर बिग्रिएका छन्। कलर रेडियोमार्फत गैंडाको मुभमेन्ट, वासस्थान परिवर्तनलगायत भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षसँगको आवतजावत अनुगमनमा सहज भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जले ८ वर्षदेखि बर्दियामा गैंडाको शून्य चोरी-सिकार वर्ष मनाउँदै आएको छ। यस वर्ष कालगतिले ३ वटा गैंडा मरेको छ। उनले भने, ‘बबईमा निमुनिया भएर तथा गुठीमा बाघको आक्रमणबाट गरी २ वटा केटोको मृत्यु भएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.