नेपाली युवा भारतमा मृत

नेपाली युवा भारतमा मृत

नेपालगन्जः नेपाल-भारत सीमा क्षेत्रनजिक एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन्।  सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर टाढा भारतको रुपैडिहास्थित पेट्रोलपम्प नजिकै बेवारिसे अवस्थामा युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बा‍केका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए।
नेपाली नागरिक भएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको उनले बताए ।भारतीय प्रहरीका अनुसार मृतकको पूर्णमान श्रेष्ठ नाम लखेको बसको टिकट भेटिएको छ।टिकटमा बुटवलदेखि नेपालगन्जसम्म आएको उल्लेख गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक विष्टले भारतीय प्रहरीले घटनाको जानकारी गराए लगत्तै टिकटको आधारमा मृतकको आफन्तको खोजी सुरु गरिएको जानकारी दिए।घटनास्थलको अवस्था र शरीरमा कुनै चोटपटक नलागेको देखिएकाले युवाको मृत्यु अत्याधिक मादक पदार्थ सेवन गरेका कारण चिसोमा कठयांग्रिएर भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।युवकको शव पोष्टमार्टमको लागि भारतीय जिल्ला अस्पताल बहराईच पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.