यसकारण पिउनुपर्छ तामाको भाँडाको पानी
काठमाडाैं : हिन्दु संस्कारमा तामाको विशेष महत्व रहिआएको छ । तामालाई पवित्र धातु मानिन्छ । त्यसैले पूजापाठदेखि हरेक काममा तामाको भाँडोको प्रयोग गरिन्छ । पानी राख्न र पानी पिउनका लागि पनि तामाको भाँडोको उत्तिकै महत्व छ । तामाको भाँडोमा राखिएको पानी पिउनाले शरीरलाई निकै फाइदा पुग्छ । तामाको भाँडोमा राखिएको पानी सेवन गर्नाले निम्न फाइदा पुग्छ :
–तामाको भाँडामा राखिएको पानी (ताम्रजल) खाने गर्नाले छाला चम्किलो हुन्छ।
–थाइराइड विज्ञहरू ताम्रजलले थाइराइड नियन्त्रण गर्ने बताउँछन्।
–ताम्रजलले छाला स्वस्थ बनाउँछ।
–तामाको भाँडामा राखिएको पानी खाने गर्नाले रगत कम हुने समस्यामा फाइदा पुग्छ।
–ताम्रजलले मुटु स्वस्थ बनाउन मद्दत गर्छ। रातभरि तामाको भाँडामा राखिएको पानी बिहान पिउने गर्नुपर्छ।
–ताम्रजलले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउँछ।
–यसले वजन घटाउन मद्दत गर्छ।
–ताम्रजलले पाचनप्रक्रियालाई राम्रो बनाउँछ।
–यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।