विश्वकै सबैभन्दा चिसो स्थान, माइनस ५६ डिग्रीसम्म तापक्रम

विश्वकै सबैभन्दा चिसो स्थान, माइनस ५६ डिग्रीसम्म तापक्रम

एजेन्सी : तपाईँलाई थाहा छ, विश्वकै सबैभन्दा चिसो स्थान कहाँ छ ? आज तपाईँलाई हामी विश्वकै सबैभन्दा चिसो स्थानबारे जानकारी दिँदैछौँ । यस स्थानको नाम हो 'याकुत्स्क'। यो स्थान रूसको सुदूर इलाकामा रहेको छ । चिसोका दिन तपाईँ हाम्रो देशको तापक्रम २ या ३ डिग्रीको आसपासमा हुन्छ । तर यस स्थानको तापक्रम -५० डिग्री सेल्सियस भन्दा तल जान्छ ।

रूसमा भूमध्य रेखाबाट केबल ४५० किलोमिटर दक्षिणमा अवस्थित यो शहर लेना नदीको किनारमा अवस्थित छ । यो सहरलाई 'पोर्ट सिटी' को नाममा पनि चिनिन्छ । याकूत्स्कको जनसंख्या करिब २ लाख ५० हजार छ।

यस शहरको स्थापना सन् १६३२ मै भएको थियो । तर १८८० र १८९० को दशमा भेटिएको सुन र खनिज पदार्थको भण्डारले यसलाई लोकप्रिय बनायो । त्यसपछि यहाँ तीब्र गतिमा बस्ती बस्न थाल्यो ।

साखा गणतन्त्रको यो इलाका टर्कीस मूलका याकूत जातिको बसोबास हो । उनीहरु यहाँ १३ औँ र १४ औँ शताब्दीमा बयकाल द्वीपको किनाबाट यहाँ आएर बसेका थिए । सन् १६३२ मा रूसी राज्यको विस्तारपछि बस्ती यहाँसम्म फैलियो । त्यसपछि प्योत्र बेकेतोभले यहाँ एउटा किल्ला बनाएका थिए ।

त्यसपछि सन् १८८०-१८९० को समयमा यस क्षेत्रबाट सुन र अन्य खनिज निकालिएको थियो । त्यसपछि यहाँ तीब्र गतिमा बस्ती विस्तार भयो । सोभियत संघको समयमा सोभियत तानाशाह जोसेफ स्टालिनले यहाँबाट खनिज र सुन निकालेको थाहा पाएपछि उनले यहाँ खानी नै सञ्चालन गराए ।

यहाँ साधरणतया १२ मेदेखि १० सेप्टेम्बरसम्म गर्मी हुन्छ । यस क्रममा यहाँको तापक्रम १२ डिग्री सेल्सियस हुन्छ । १७ जुलाईमा यहाँ सबैभन्दा धेरै गर्मी हुन्छ । यहाँ जाडो १८ नोभेम्बरबाट सुरु हुन्छ । यो क्रम १ मार्चसम्म चल्छ ।

यस क्रममा औसत तापमान -२३ डिग्री सेल्सियस रहन्छ । १३ जनवरीको दिन यहाँ सबैभन्दा चिसो हुन्छ । यस दिन अधिकतम तापमान -३६ डिग्री सेल्सियस र न्यूनतम -४१ डिग्री सेल्सियस रहन्छ । कयौँ पटक यहाँको तापक्रम -५६ डिग्री सेल्सियससम्म पुग्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.