माइग्रेन हुनेले यसो गरौँ
काठमाडौं : टाउकोको एक छेउमा दुख्नु माइग्रेनको लक्षण हो। अनिद्रा हुनु, आँखाबाट पानी बग्नु, हातपाउ दुख्नु आदि यसका लक्षण हुन्। माइग्रेनपीडितले यसो गर्दा लाभ हुन सक्छः
– योग, ध्यान, मर्निङ वाक, नियमित व्यायामले माइग्रेनपीडितलाई फाइदा पुर्याउँछन्।
– घाममा छाता ओढ्नुपर्छ। माइग्रेनको बिरामीमाथि सूर्यको किरण सीधा पर्नु हुँदैन।
–अनियमित भोजन गर्नु हुँदैन। समयमै खाने गर्नुपर्छ।
–टाउकोमा मेहन्दीको लेप लगाउँदा आराम महसुस हुन्छ।
–गाजर, पालुंगो, काँक्रोलगायत मौसमी फलफूल र सागसब्जी खानुपर्छ।