यसरी गरौं जाडोमा हातको हेरचाह
काठमाडौं : चिसो मौसममा हात फुट्ने, खस्रो हुनेलगायत समस्या आउँछन् । जाडो याममा हातको हेरचाह यसरी गर्न सकिन्छः
पञ्जा लगाउनुपर्छ
जाडोमा पञ्जाले तपाईंको हातलाई न्यानो मात्र प्रदान गर्दैन, हातको छालालाई सुक्खा हुनबाट पनि जोगाउँछ । घरबाट बाहिर निक्लँदा पञ्जा लगाउने गर्नुपर्छ । शुष्क हावाले हातको त्वचालाई नोक्सान पु¥याउँछ र हात फुट्छ । पञ्जाले यो समस्याबाट मुक्ति दिन्छ ।
म्वइस्चराइजरयुक्त साबुनको प्रयोग
हात धुन प्रयोग गरिने एन्टी–ब्याक्टेरियल साबुन कठोर खालको हुन्छ, जसले हातलाई सुक्खा बनाउँछ । जाडोमा म्वइस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ । यसले कीटाणु त मार्छ नै, हातलाई नरम पनि बनाउँछ । सर्दीमा हात धुनका निम्ति जैतुनको तेल र एलोभेरायुक्त साबुन उत्तम हुन्छ ।
गुणस्तरीय ह्यान्ड क्रिम लगाउनुपर्छ
हातमा लगाउने क्रिम अर्थात् ह्यान्ड क्रिम किन्दा यसको गुणस्तरमा ध्यान दिनुपर्छ । गुणस्तरीय ह्यान्ड क्रिमले हातलाई नरम बनाउँछ । घटिया खालको क्रिम प¥यो भने हात फुट्छ । राति राम्रो क्वालिटीको ह्यान्ड क्रिमले हातलाई मसाज गर्नुपर्छ । त्यस्तै, नङको पनि हेक्का राख्नुपर्छ । सर्दीमा नङ पनि सुक्खा हुन्छ । ह्यान्ड क्रिम लगाउँदा नङमा पनि लगाउनुपर्छ । यसले नङलाई चम्किलो पनि बनाउँछ ।
स्क्रब गर्नुपर्छ
चिनी र बेसनको मिश्रण बनाएर हातलाई स्क्रब गर्नुपर्छ । जाडो याममा यसो गर्दा हात सफा, सुन्दर र नरम हुन्छ ।