नर्स दिव्या पौड्यालको मोडलिङ मोह
मोरङ : विराटनगरकी दिव्या पौड्याल नर्स हुन्। नर्सिङ पढ्दै गर्दा मिस नर्स प्रतियोगितामा भाग लिएपछि उनलाई मोडलिङमा रुचि जागेको हो। ‘मलाई मन पर्ने पेशा नर्स हो,’ उनी भन्छिन्, ‘तर, मोडलिङ रुचि भएकाले फुर्सदको समयमा मोडलिङ गर्ने विचारले यो क्षेत्रमा लागेकी हुँ।’ र्याम्प सो, विज्ञापन, म्युजिक भिडियोमा काम गर्ने रुचि भएको बताउने पौडेल मोडलिङ सजिलो काम नभएको बताउँछिन्। भन्छिन्, ‘कुनै पनि पेशा तथा कामका लागि अध्ययन र लगनशीलता चाहिन्छ। मैले मोडलिङलाई हाल्काफुल्का ठानेकी छैन।’
तस्बिर : सञ्जय रौनियार
मेकअप : सिर्जना कार्की
पहिरन : नवीन लुइँटेल, सेन्ट्रल फेसन हब, कुपन्डोल, ललितपुर