मेट्रोमा प्यान्ट बिना नै यात्रु चढेपछि..
एजेन्सी : लण्डनको मेट्रोमा आइतबार सयौँ यात्रु प्यान्ट बिना नै चढेपछि केही बेर त्यहाँका कर्मचारी चकित परे । यसरी लण्डनको मेट्रोमा झण्डै दुई सय ५० जना सर्ट र कट्टु मात्र लगाएर यात्रा गरेका थिए ।
कुनै खास कारण बिना नै यात्रुको यो रुपले मेट्रोमा लामै समय यात्रुमा हाँसो चलेको थियो । दुई सय ५० यात्रुले हाँस्न र रमाउनकै निम्ति यो शव गरेको बेलायती सञ्चार माध्यमले उल्लेख गरेका छन् । रमाउनकै निम्ति पाइन्ट नलगाई मेट्रोमा गरेको यो यात्रा पहिलो भने होइन । हरेक वर्ष एक दिन यो कार्यक्रम नै हुने गर्दछ । यस्तो यात्रालाई ‘नो ट्राउजर मेट्रो राईड’ नाम दिइएको छ ।