एक हजारमा २० करोडका मालिक बने यी दम्पती
एजेन्सी : केही मानिसलाई वर्षौँसम्म मेहनत गर्दा पनि सफलता हात पर्दैन । तर, केही मानिसको भाग्यमा भने घरैमा बसेर पनि पनि करोडपति बन्न लेखेको हुन्छ ।
यस्तै एउटा घटना अमेरिकामा भएको छ । अमेरिकाको म्यासाचुसेट्समा बस्दै आएका एक दम्पतीको भाग्य केही सय रुपैयाँले चम्किन पुगेको छ ।
एउटा भाग्य चिठ्ठा कार्यक्रम (लोट्री) मा सहभागी भएका दम्पती केही महिनाको बीचमा करोडपति भएका हुन् । अगस्टमा पत्नी जेनले ५ डलरमा किनेको टिकटले १० करोड ११ लाख ८८ हजार नेपाली रुपैयाँ (१ मिलियन अमेरिकन डलर) डलर जितेकी थिइन् ।
चार महिनापछि उनका पति रोबर्ट गुडविनले पनि ५ डलरमै किनेको टिकटबाट १० करोड ११ लाख ८८ हजार नेपाली रुपैयाँ (१ मिलियन अमेरिकन डलर) भाग्य चिठ्ठाबाट जितेका हुन् ।
उनीहरु १० डलर खर्चिएर चार महिनाको बीचमा दुई मिलियन डलर अर्थात २० करोड २३ लाख नेपाली रुपैयाँको मालिक बन्न सफल भएका हुन् ।
अमेरिकाको म्यासाचुसेट्समा बस्दै आएका यी दम्पतीका लागि बुढेसकालमा आएर भाग्य खुलेको हो । म्यासाचुसेट्स स्टेट लोट्रीका अनुसार पत्नीको भाग्य खुलेको चार महिना लगत्तै उनका पति रोबर्ट गुडविनले पनि एक मिलियन डलरको लोट्री जितेका हुन् । उनीहरु दुवैले लोट्रीका दुई टिकट ५/५ डलरमा खरिद गरेका थिए ।