के गर्दैछिन जोली
एजेन्सी : हलिउड अभिनेता ब्राड पिटसँग सम्बन्ध विच्छेद गरेयता व्यावसायिक जीवनमा त्यति सक्रिय नरहेकी अभिनेत्री एन्जेलिना जोलीले अब सक्रियता बढाउने भएकी छिन्। उनी अभिनीत फिल्म ‘मेलफिसेन्ट’को सिक्वेल केही महिनादेखि सुरु हुँदैछ। स्वैरकाल्पनिक विषयमा बनेको एक्सनप्रधान फिल्म ‘मेलफिसेन्ट’ले सञ्चारमाध्यममा त्यति राम्रो रेस्पोन्स नपाए पनि फिल्मसम्बन्धी विभिन्न विधाको अवार्डका लागि फिल्म चयन भएको थियो।
यसैको सिक्वेल ‘मेलफिसेन्ट २’को छायांकन आगामी अप्रिलदेखि लन्डनमा सुरु हुँदैछ। सोही फिल्मको छायांकनका लागि जोलीले तयारी सुरु गरेकी छिन्। फिल्ममा जोलीको मुख्य भूमिका रहनेछ। चार महिनाभित्र सम्पूर्ण छायांकन कार्य सक्ने योजना फिल्म निर्माण युनिटले बनाएको समाचारमा जनाइएको छ।