यसरी गरौं जाडोमा कपालको स्याहार
काठमाडाैं : चिसोमा कतिपयले कपाल सुक्खा हुने, झर्ने, हाँगा फाट्नेलगायत समस्या भोगिरहेका हुन्छन्। जाडोमा कपाललाई स्वस्थ र सुन्दर राख्न यी उपाय अपनाउनुपर्छ।
स्याम्पू
गुणस्तरीय स्याम्पूको प्रयोगले कपाललाई चम्काउन मद्दत गर्छ। चिसो हावाले कपाललाई सुक्खा बनाउँछ। कपाल सुक्खा भयो भनेर कतिपयले बढी स्याम्पूको प्रयोग गर्छन्। तर, बढी स्याम्पूको प्रयोगले कपाल टुक्रिने, झर्नेलगायत समस्या देखिन सक्छन्। हप्तामा दुई पटक स्याम्पू गर्नु ठीक हुन्छ।
कन्डिसनर
कपालको प्रकृतिअनुसार कन्डिसनर छान्नुपर्छ। कपालको जरामा भने कन्डिसनर लगाउनुहुन्न। कन्डिसनरले कपाललाई नरम र चम्किलो बनाउँछ।
ब्लो ड्रायर
नुहाइसकेपछि चिसो कपालमा ब्लो ड्रायरको प्रयोग ठीक होइन। तातो हावाले कपाललाई झन् सुक्खा हुन्छ। त्यसको साटो रुमालले पानी सोसेर कपाल सुखाउनु राम्रो हुन्छ। आवश्यकै परेमा तातो ब्लो ड्रायरको साटो चिसो ब्लो ड्रायरको प्रयोग गर्न सकिन्छ।
हेयर मास्क
जाडोमा हप्ताको एक पटक हेयर मास्क लगाउनु उपयुक्त हुन्छ। हेयर मास्कले कपाललाई स्वस्थ र सुन्दर बन्छ।
तेल मालिस
चिसो मौसममा सातामा एक पटक तेल मालिस गर्दा राम्रो हुन्छ। नरिवल तेल, बदाम तेल, जैतुन तेल कपालका लागि लाभदायक हुन्छन्।
रमेश रेग्मी, हेयर डिजाइनर