केनको कमाइ कति ?

केनको कमाइ कति ?

एजेन्सी : इंग्लिस क्लब टोटेनह्यामका स्ट्राइकर ह्यारी केन अहिले एक हप्तामा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। उनलाई टोटनह्यामले हप्ताको दुई लाख पाउन्ड दिन थालेको छ। यो प्रिमियर लिग खेल्ने खेलाडीले अहिले पाइरहेको सबैभन्दा धेरै पारिश्रमिक हो।

यसअघि १ लाख १० हजार पाउन्ड लिँदै आएका उनलाई टोटेनह्यामले एकै पल्ट ९० हजार पाउन्ड बढाएको हो। आकर्षक पारिश्रमिकसँगै केन अब सन् २०२२ सम्म टोटनह्याममै रहनेछन। स्पेनिस क्लब रियल मड्रिडले केनलाई आबद्ध गर्न चाहिरहेको छ।

म्यानचेस्टर सिटीका इंग्लिस स्ट्राइकर रहिम स्टर्लिङ हप्तामा धेरै कमाउने दोस्रो खेलाडी हुन्। सिटीले रहिमलाई हप्ताको १ लाख ८० हजार पाउन्ड दिएको छ। प्रिमियर लिगको इतिहासमा हप्तामा धेरै कमाउने खेलाडी भने पाउल पोग्बा हुन्। दुई वर्षअघि पोग्बाले म्यानचेस्टर युनाइटेडबाट २ लाख ९० हजार पाउन्ड लिने गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.