युएईले बनायो विश्वकै ठुलो पानी भण्डारण प्रणाली
एजेन्सी : युएईमा विश्वकै ठूलो मानव निर्मीत पानीको रिजर्भ परियोजना सञ्चालनमा आएको छ । लिवा मरुभूमि भन्दा ८० मिटर तल सुरक्षित रहेको पानी भण्डारण प्रणालीले सोमबारदेखि नियमित काम गरिरहेको छ ।
त्यहाँस्थित विद्युत प्राधिकरण र पर्यावरण एजेन्सीका अनुसार यसले प्रतिदिन ३२ हजार घनमिटर पानी आपूर्ति गर्नेछ । यो साउदी अरेबियाकै सबैभन्दा लामो पाइप लाइन परियोजना पनि हो ।
अवु धावी वाटर एन्ड इलेक्ट्रिसिटी अथोरिटी (एड्वा) का अनुसार यो प्रणाली पर्यावरण अनुकूल र दिगो विकासको सिद्धान्त अनुसार रहेको छ । यसले अबुधाबीको पानी सुरक्षमा ठूलो महत्व राख्ने बताइएको छ ।
यो परियोजना ईएडी, एडब्ल्यूईए र यसको सहायक कम्पनी अबुधाबी ट्रान्समिसन एण्ड डेस्पेट कम्पनीको संयुक्त लगानीमा बनेको हो । द इनभार्मेन्ट एजेन्सी (एइडी) का निर्देशक रजन खालिफा अल मुबारकका अनुसार यो विधिबाट पानी प्रदुषित हुने सम्भावना पनि हुँदैन ।