यस्ता व्यक्तिले सुन्तला खानैपर्छ
काठमाडौं : जाडोमा घाम ताप्दै सुन्तला खानुको मज्जा बेग्ले हुन्छ । भिटामिन सी पर्याप्त पाइने सुन्तला स्वास्थ्यका लागि एकदमै लाभदायी छ। त्यसैले नियमित सुन्तला खाँदा शरीरलाई फाइदा पुग्छ।
–मिर्गौलाका लागि सुन्तला एकदमै फाइदाजनक छ। दिनहुँ सुन्तला अथवा सुन्तलाको जुस खाँदा मिर्गौलासम्बन्धी रोगबाट बच्न सकिन्छ ।
–बिहान सुन्तलाको जुस खाने गर्नाले कोलेस्टेरोल नियन्त्रित हुन्छ।
–सुन्तला आँखाका लागि पनि हितकारी छ। यसमा भिटामिन ए पाइन्छ । जसले आँखालाई फाइदा गर्छ ।
–सुन्तलामा फाइबर हुन्छ। जसले भोकलाई नियन्त्रित गर्छ । सुन्तलाको जुस दिनमा दुई–तीन पटक सेवन गर्दा वजन पनि कम हुन्छ ।
–शारीरिक र मानसिक थकान महसुस गर्नेले एक गिलास सुन्तलाको जुस खाएमा थकान हटेर जान्छ ।
–गर्भवती महिलाले सुन्तला सेवन गर्नु आमा र बच्चा दुवैका लागि लाभकारी छ ।
–कब्जियतको समस्या भएकाले सुन्तलाको जुस खाँदा तुरुन्तै लाभ पाउँछन् ।
–सुन्तलाले रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।