घरको खोजीमा ब्रिट्नी
अमेरिकी पपगायिका ब्रिट्नी स्पेयर्स बस्ने घर बिक्री भएकाे छ। अमेरिकी राज्य क्यालिफोर्नियास्थित कालाबासस क्षेत्रको एउटा आलिशान महलमा उनी बस्दै आएकी थिइन्। सोही महल अहिले ८१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। त्यति भव्य मूल्यमा बिक्री भएको महल त्यस क्षेत्रको अहिलेसम्मकै सबैभन्दा महँगो बन्न पुगेको छ।
सो घर १० हजार स्क्वायर फिटको थियो। घरमा दुईतले लाइब्रेरी र भव्य स्विमिङ पुल पनि थियो। महलमा ठूलो बुटिकझैँ लाग्ने ड्रेसिङ रुम, साउना बाथ गर्ने अलग्गै कोठा, छ वटा बेडरुम र सात वटा बाथरुम थिए। यद्यपि, त्यो ब्रिटनीको आफ्नै घर थिएन। उनी भाडामा बस्दै आएकी थिइन्। घर बिक्री भएपछि अब उनी कहाँ सर्छिन् भन्ने तय भएको छैन। एजेन्सी